प्रतिनिधि सभामा जुम्लाबाट नरेश भण्डारी मैदानमा
प्रकासित मिति : २०८२ माघ ३, शनिबार २१:१४
प्रकासित समय : २१:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्लाबाट नरेश भण्डारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरेका छन् ।
भण्डारी माओवादी आन्दोलनका चर्चित युवा नेता हुन् र कर्णाली प्रदेश सरकारमा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहिसकेका छन् । पार्टीभित्र उनलाई बौद्धिक नेता र जुम्ला विकासका आर्किटेक्टका रूपमा लिइन्छ ।
स्रोतका अनुसार नेकपा भण्डारीलाई जुम्लामा संगठन बलियो बनाउने र राजनीतिक आधार पुनःस्थापना गर्ने उद्देश्यले उम्मेदवार बनाएको हो ।

