केपी ओलीको गढमा युवा नेता रञ्जित तामाङको चुनौती, बालेन्द्र साह पनि मैदानमा

काठमाडौं । झापा–५ मा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन रोमान्चक हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ यस पटक चुनावी मैदानमा प्रवेश गर्दै केपी शर्मा ओलीको गढमा चुनौती पेश गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत, पार्टी संयोजक प्रचण्ड ले रञ्जितलाई चुनावी अनुमति दिएको जानकारी दिएका छन् । रञ्जितले मतदातामा चुनाव चिन्ह ‘तारा’ मा मतदान गरी जनसेवा गर्ने अपिल पनि गरेका छन् ।

यो क्षेत्रमा यसअघि लगातार जित हासिल गरेका एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनौतीको सामना गर्न तयार छन् भने अवको प्रधानमन्त्रीका रुपमा दावि गरिरहेका काठमाडौंका मेयर बालेन्द्र साह पनि चुनावी भिडन्तमा सहभागी हुन लागेका छन् ।

यससँगै झापा–५ को चुनाव युवा शक्ति, अनुभव र लोकप्रियता बीचको निर्णायक मुकाबला हुने देखिएको छ ।