नेपालका १२ विद्यार्थी संगठनद्धारा ब्रिटिश कलेजको अनुमति रद्द गर्न माग
काठमाडौं । नेपालका १२ वटा विद्यार्थी संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै विदेशी बोर्डको नाममा सन्चालन थापाथलीस्थित ब्रिटिश कलेजको अनुमति रद्द गर्न जोडदार माग गरेका छन् ।

विद्यार्थी संगठनहरूले कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गर्दै अत्यधिक शुल्क असुलेको, फरक कोर्स पढाएको, र भर्ना गरिएका विद्यार्थीहरूलाई विदेशमा अलपत्र पारेको आरोप लगाएका छन् ।
संगठनहरूले भनेका छन् कि विद्यार्थीहरूले आफ्नो न्यायको लागि आवाज उठाउँदा कलेजले गुण्डा परिचालन गरी धम्की, डर र झुठा मुद्दामा पक्राउ गर्ने काम गरेको छ। यसले विद्यार्थीहरूमा मानसिक तनाव र भय सिर्जना भएको, केही विद्यार्थी तथा अभिभावकहरू अस्पताल भर्ना हुनुपरेको समेत जनाइएको छ ।
संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले कडा चेतावनी दिँदै भनेका छन् कि कलेजले यस्ता गतिविधि अबिलम्ब रोक्नुपर्नेछ । संगठनहरूले शिक्षा मन्त्रालय, प्रहरी प्रशासन र सम्बन्धित निकायलाई आग्रह गरेका छन् कि ब्रिटिश कलेजको अनुमति तत्काल रद्द गरियोस् र विद्यार्थी ठग्ने धन्धामा संलग्न सबैलाई कानुनी कारबाही गरियोस् ।
विद्यार्थी संगठनहरूले भविष्यमा पनि पीडित विद्यार्थीहरूको न्याय सुनिश्चित गर्न र शिक्षा क्षेत्रमा ठगी, दमन तथा शोषण रोक्न आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
यस्तो छ वक्तव्य :


