भेनेजुएलामा अमेरिकी हमला मानवताविरुद्धको अपराध : नेकपा (बहुमत)
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो विरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको कडा विरोध र भत्सर्ना गरेको छ । पार्टीले यसलाई सार्वभौम राष्ट्रमाथिको साम्राज्यवादी आक्रमण भन्दै मानवताविरुद्धको अपराध ठहर गरेको छ ।

पार्टीका महासचिव कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकी कारबाहीलाई ‘सभ्य मानवताविरुद्धको शर्मनाक वितंडता’ भन्दै घोर निन्दा गरिएको छ । वक्तव्यमा २१औँ शताब्दीको साम्राज्यवादले विश्वभर युद्ध थोपर्दै प्राकृतिक स्रोत कब्जा गरेको, जनतालाई असुरक्षित प्रवासनमा धकेलेको, महिलामाथि हिंसा र बेचबिखन बढाएको, र पर्यावरण ध्वस्त बनाएको आरोप लगाइएको छ ।
पार्टीले भेनेजुएलाको तेल र खनिज स्रोतमा हुने साम्राज्यवादी लुट रोक्ने प्रयासका कारण गरिएको अमेरिकी आक्रमणलाई कायरता भनेको छ । यसअघि इरान, प्यालेस्टाइनको गाजा लगायत अन्य देशहरूमा पनि यस्ता आक्रमण भइरहेका थिए ।
वक्तव्यमा शान्तिप्रेमी विश्वजनतालाई शान्तिपूर्ण तरिकाले बाँच्ने अधिकार सुनिश्चित गर्न विश्व समुदाय र संयुक्त राष्ट्र संघसँग जोडदार माग गरिएको छ । साथै अमेरिकी साम्राज्यवादको प्रतिवाद गर्न शान्तिप्रेमी, प्रगतिशील र समाजवादी/मानवतावादी जनतामा एकता आवश्यक रहेकोमा जोड दिइएको छ ।
पार्टीले पूँजीवादी साम्राज्यवादको अन्त्य गर्दै वैश्विक भाइचारा, मानवतावादी अन्तराष्ट्रियतावाद र शान्तिपूर्ण प्रगतिमा आधारित वैज्ञानिक समाजवादी आधार निर्माण गर्न अमेरिकी क्रान्तिकारीहरूको आन्दोलनमा समर्थन जनाउने अपिल पनि गरेको छ ।
यस्तो छ वक्तव्य :


