ढिमेको ऐतिहासिक झादेवी मेला सुरु : यसरी चढाइन्छ जिउँदै साँढेको मुटु

खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने धार्मिक पर्यटनको उच्च संभावना रहेको ढिमेको झादेब मेला सुरु भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष १७ गतेबाट सुरु भएको हो ।

मेला पुष १७ गतेदेखि १९ गतेसम्मा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम र भलिबल प्रतियोगिता सहित सञ्चालन हुने मेला आयोजक समितका टेकराज मल्लले जानकारी दिए । मल्लका अनुसार पहिले देखिनै झादेव मेला ५ बर्षमा एक पटक लगाउने परम्परा रहेको छ ३ बर्षमा फुलपाति ५ दबर्षमा पुज्ने झादेबी ढिमेका मल्ल ठकुरीहरुको कुल देवीका रुपमा रहेको छ ।

यसरी चढाइन्छ जिउँदै साँढेको मुटु

लगातार एक महिनादेखि ढाल तरबार सहति खाँडो नाच सहित झादेबीलाई पुकारीन्छ । खाँडो नाचको अन्तमा झादेबी आउछन् र चो भाइ चो गर्दै मन्दिर परिसर घुम्छन् । मेलाको अन्तिम दिन १९ गते पुर्णिमाका दिन जिउदै साँढेको मुटु चढाएर झादेबीलाई पुजा गरिन्छ । किंवदन्तीअनुसार केहि बर्ष पहिले जिउदै मान्छे चढाइन्थ्यो समयक्रम अनुसार बलि परिवर्तन गरेर जिउदै साँढेको मुटु चढाउने गरेको पाइन्छ ।

मल्ल ठकुरीहरुको ऐतिहासीक परम्परागत मेलासंग धार्मीक र बिरताको किबंदन्ती समेत जोडिएको पाइन्छ । धेरै समय पहिले ढिमेमा भोटे जातीले मान्दै आएको झादेव देवता र लगाउन थालेको मेला उसको बंश नासपछि मल्लहरुले पुज्न थालेको किंबदन्ती रहेको छ ।