माइक फालिएको भिडियो भाइरल भएपछि कमलबजारकी पूर्व उपप्रमुख ढकालले दिइन् स्पष्टीकरण
अछाम । केही दिन अघि कमलबजार नगरपालिकामा आयोजित नगरस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा माइक फालिएको दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै भाइरल भएको छ। उक्त भिडियोले विभिन्न प्रतिक्रियाहरु सिर्जना गरेको छ।

पूर्व उपप्रमुख भुमिसरण ढकालले (बजगाई) उक्त घटनाप्रति आफ्नो स्पष्टिकरण दिँदै भनिन् कि उद्घाटन समारोहमा मन्तव्य दिने क्रममा एक अतिथिबाट अपमानजनक टिप्पणी आएको थियो। त्यसै क्रममा अवाञ्छित परिस्थिति सिर्जना हुँदा माइक पर गएको ढकालले बताइन्।
ढकालले भिडियोको अंश मात्र भाइरल बनेको र सम्पूर्ण घटना बुझेर मात्र प्रतिक्रिया दिन सबैसँग आग्रह गरेकी छन्। उनले अमानवीय, अराजक र अपमानजनक व्यवहारको विरोध गर्ने अडान दोहोर्याउँदै यस्ता घटनाप्रति न डराउने र न
चुप लाग्ने जानकारी दिइन्।
सम्बन्धित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भैरहेको छ र यो घटनाप्रति स्थानीयवासी तथा नेटिजन्सले विभिन्न प्रतिक्रिया दिएका छन्।
यस्तो छ प्रतिक्रिया :


