सभामुख घिमिरेले सरकारी निवास छाड्ने तयारी

काठमाडौं । सभामुख देवराज घिमिरेले पदावधि सकिएसँगै बालुवाटारको सरकारी निवास छाड्ने तयारी थालेका छन्। उपसभामुख इन्दिरा रानाले पनि सरकारी गाडी फिर्ता गरिसकेकी छन्।

संविधानको धारा ९१ अनुसार प्रतिनिधिसभा विघटन भए पनि उनीहरूको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्नुअघि दिनसम्म कायम रहनेछ। तर प्रत्यक्षतर्फ वा समानुपातिकतर्फको उम्मेदवारी आधारमा पद कायम हुने भन्ने कुरा स्पष्ट नभएको कारण अलमल देखिएको छ।

निर्वाचन आयोगका अनुसार सभामुख र उपसभामुखले शायद समानुपातिकतर्फको नोमिनेशनलाई आधार मानेर सरकारी सुविधा फिर्ता गरेका हुन्। नयाँ सदनले नयाँ सभामुख र उपसभामुख चयन गर्नेछ।