नेपाल उद्योग व्यापार महासंघ कर्णाली प्रदेशको अध्यक्षमा रावत निर्वाचित

वीरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग व्यापार महासंघ, कर्णाली प्रदेशको दोस्रो अधिबेशनबाट कर्णाली प्रदेशको अध्यक्षमा प्रेम रावत निर्वाचित भएका छन् । दोस्रो अधिबेशनबाट रावत र महासचिवमा देविकृष्ण पाण्डे निर्वाचित भएका हुन । अधिबेशनले वरिष्ठ उपाध्यक्ष भुवन खड्‌का उद्योग उपाध्यक्ष तुलाधार पहाडी त्यस्तै वाणिज्य उपाध्यक्षामा दिवाकर गौतम महिला उपाध्यक्ष मन कुमारि बोहोरा खुल्ला उपाध्यक्ष मनोज वुढा महासचिवमा देविकृष्ण पाण्डे कोषाध्यक्ष खेमराज आचार्य सह कोषाध्यक्षमा कलसा देवी चौलागाई सचिव गोविन्द घिमीरे लगायतका २० सदस्य समिति निर्वाचित भएको हो ।

अधिबेशनमा पुर्व अध्यक्ष सुर्य थापाले साना उद्योग नभई ठूला उद्योग बन्न नसक्ने भन्दै सबै तहका मानिसहरू मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेमा जोड दिए । थापाले  साना तथा मझौला उद्योगहरूलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी राष्ट्रिय अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग गर्नु जरुरी रहेको बताए

अधिबेशनमा उद्योगी व्यवसायीहरूले सरकारले लगानीमैत्री नीति ल्याउनुपर्ने र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

उद्योग तथा व्यापार प्रवर्द्धनमा महासंघको यो नयाँ नेतृत्वले उल्लेखनीय योगदान दिने नवनिर्वाचित अध्यक्ष प्रेम रावतले प्रतिबद्धता जनाए । अधिबेशनमा उद्योग, वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, संघसंस्थाका प्रतिनिधि तथा व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।