५ बर्षको १ पटक पुज्ने ढिमेको त्यो ऐतिहाँसीक झादेवी !

खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो ।

मेला पुष १९ गतेदेखि १९ गतेसम्मा सञ्चालन हुने मेला आयोजक समितका मुख्य सल्लाहकार तथा शिक्षक टेकराज मल्लले जानकारी दिए । पहिले देखिनै झादेव मेला ५ बर्षमा एक पटक लगाउने परम्परा रहेको छ ।

मल्ल ठकुरीहरुको ऐतिहासीक परम्पारगत मेलासंग धार्मीक र बिरताको किबंदन्ती समेत जोडिएको पाइन्छ । धेरै समय पहिले ढिमेमा भोटे जातीले मान्दै आएको झादेव देवता र लगाउन थालेको मेला उसको बंश नासपछि मल्लहरुले पुज्न थालेको झादेवको पुजारी वीर बहादुर मल्लले बताए । ढिमेमा मल्ल जातीले पहिले भोटेसँग मित लगाई उसको बंश नास गरेपछि झादेव देवता पुज्ने र मेला लगाउने काम मल्लहरुले गरेको उनको भनाइ छ ।

उनले भने, ‘पहिले ढिमेमा भोटे जातीको बसोबास रहेको थियो रे, त्यति बेला रुकुम गोतामकोटमा मल्लहरुको बसोबास थियो । त्यहाँका मल्ल राजा रजम मल्ल सिकार खेल्न ढिमेको फुलचाउँली भन्ने ठाउँमा पुगेछन् र ढिमेलाई देखेर मनमोहक भएछन् पछि उनी ढिमे पुगेर भोटेको राजा लक्षुसँग मितेरी साइनो गाँसे छन र मीतको सल्लाह बमोजिम पुष पुर्णिमा लाग्ने मेलामा उपस्तिथित भएछन पछि भोटेहरुलाई मारेर मल्ल जाती यहाँ बसेको भनाइ रहेको छ ।’

भोटेको पालामा झादेव पुज्दा भान्जालाई बलिदिने परम्परा भएको र पछि मल्लहरुले भोटेको बंश नास गरेपछि झादेव मान्दा भान्जाको सट्टा साँढको बलि दिने परम्परा बासालेको बुढापाकाले आफुहरुलाई सुनाएको स्थानीय शिक्षक कृष्ण बहादुर मल्लले बताए ।

मल्लले भने, ‘एक जना निम्न बर्गको मान्छेलाई सबै गाउँलेले ५ बर्षसम्म मीठो मीठो खाने कुरा खान दिने अनि ५ बर्षपछि त्यो मानिस देवतालाई चढाउने परम्परा रहेछ । यो मेलामा ढाल र तरवार हातमा लिएर पौराणिक खाडो नाँच्ने अनि भान्जाको मुटु चढाउने ढिमे जाउला पग्ला खाउला चो भाइ चो भन्ने गीत गाउने अनि नाँचेर मनाउन चलन थियो ।

पछि त्यो भान्जालाई भोग दिने चलन मल्ल राजा (राजम) लाई मन परेनछ र त्यही अवसरमा मीत ज्यु हामीलाई ढाल तरवार दिनु हामी नाँच्छौ भनेर मागेछन र भोटेहरुले दिएपछि त्यही तरवारले सबै भोटेहरुको बंश नास गरेर मल्लहरुले आफ्नो शासन सुरु गरेपछि मल्लहरुलाई भान्जाको भोग दिने मन नपरे पछि साँढको भोग दिने चलन चलेको हो । त्यो दिन साँढको मुटु झिकेर बासको सुबोमा राखिन्छ मुटु नाच्ने काम गर्छ ।’

यस्ता छन् बिशेषता

झण्डै २ सय बर्ष पहिले झाँदेउ र राँदेउ देवता लामा(भोटे)हरुको भएता पनि रुकुम गोतामकोटमा बस्ने गोतामी राजा गौरव मल्ल शिकार खेल्न पहिलो पटक ढिमे आईपुग्दा ढिमेमा रहेको लामा(भोट)ेको राजासंग मित लगाएको हाल ढिमेका मल्लहरुको वंशावलीमा उल्लेख गरिएको छ ।

तामकोटका गौरव मल्ल दोश्रो–तेश्रो पटक शिकार खेल्न ढिमे आई पुग्दा ढिमेको जग्गा, जमिन, वनजंगल राजा मल्लले मनपराए आफ्नै मित लामा(भोटे) राजासंग लडाई लड्ने योजना वनाएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ ।

दुई सय बर्ष पहिले गौरव मल्लले कायमैदेका कयाल टमट्टा, दामाचौरका दामे ढोली, गोतामकोटका गोतामे सार्की र गिठाकोटका बाहुँनलाई साथमा ल्याएर लामा (भोटे) मितसंगको लडाई जितेर सिङ्गै ढिमेको गाउँलाई कब्जा गरेपछि लामाहरुको देवतालाई हाल ४ गाउँका नागरिकहरुले कुलदेवताका रुपमा मान्नु पर्ने अबस्था श्रृजना भएको कृष्ण मल्लले बताए ।

पंञ्चवर्षिय रुपमा मनाईउदै आएको झाँदेउलाई भान्जलाई काँटेर मान्छेको भोग चढाउनु पर्ने परम्परा लामा(भोटे)हरुकै पाला देखि चल्दै आएको चलन भएको दम्दालाका रणबहादुर थापाको भनाई रहेको छ । गौरब मल्लको पालामा भान्जलाई काँटेर मान्छेको भोग चढाउने प्रचलनको अन्त्य गरि साँढको मुटु झिकेर देवताको मन्दिरमा चढाउने चलनको सुरुवात भएको थापाले वताए । देवताको नाममा गोरुको साँढे छोड्नु पर्ने प्रचलन पनि गौरब मल्लकै पाला देखि सुरु गरिएको हो । समयको बिकासक्रमसंगै पुजागर्ने प्रचलनहरुको परिमार्जन हुदै आईरहेको छ । ढिमे, दम्दाला र खुर्पामा नाचिने पौरानिक खाँडो नाँच झाँदेउ देवताको नाममा नाँचिने निकै चर्चित नाँच हो ।

भलिवल सहित पौराणिक नाँच प्रतियोगिता हुने

ऐतिहासिक झादेव मेला पुष पुर्णिामाको अवसरमा भोटेहरुको पाला देखि लाग्दै आएको र यसपटक झादेव मेला संचालन पुष पुर्णिामाको अवसरमा लाग्दै आएको  छ । यसमा विविध खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष भलिवल, लोकदोहरी, गरुवा, सिंगारु, खाडो र पैंसेरु लगायत प्रतियोगिता आयोजना गरिएको मेला आयोजकले जनाएको छ ।

पैसेरी, सिंगारु लगायतका लोक परम्परागत संस्कृतिको समेत प्रस्तुत हुने बताइएको छ । मेलामा आयोजना हुने खेल भलिबलको पुरुस्कारको ब्यवस्था गरिएको छ ।