माइतीघरमा सरकारविरुद्ध जेन्जिहरुको मशाल जुलुस
प्रकासित मिति : २०८२ पुस ११, शुक्रबार २२:५९
प्रकासित समय : २२:५९
काठमाडौँ । संयुक्त जेन्जि संघर्ष समितिले आज साझ माइतीघरमा मशाल जुलुस आयोजना गर्दै शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

समितिले सरकारले जेन्जि विद्रोहका आधारभूत मागविरुद्ध कदम चालिरहेको र सिमित एन्जियो, आइन्जियो तथा अन्य स्वार्थ समूहको प्रभावमा काम गरिरहेको आरोप लगाएको छ ।
प्रदर्शनमा सहभागीहरूले जनताको वास्तविक मागलाई प्राथमिकता दिन र सरकारी निर्णय प्रक्रियामा यी समूहहरूको प्रभाव न्यून गर्न जोड दिएका छन् ।
साथै, जेन्जि आन्दोलनका क्रममा मारिएका युवाहरूका हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।
समितिले चेतावनी दिएको छ कि, वर्तमान राजनीतिक संकटको अग्रगामी निकाश नदिएर यथास्थितिमा गरिने निर्वाचनले जेन्जि विद्रोहका माग सम्बोधन गर्न नसक्ने भएकाले सरकारले आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरेको छ ।

