लामिछाने–बालेन शाहबीच सम्झौता आज पनि टुंगिएन

काठमाडौँ । राष्ट्रिय जनता समाजवादी पार्टी (रास्वपा) र बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएपनि आज रवि लामिछाने र बालेन शाहबीच सम्झौता टुंगोमा पुग्न सकेको छैन ।

दुवै पक्षका दुई–दुई प्रतिनिधि रहेको चार सदस्यीय वार्ता समितिबीच प्रस्तावहरूमा लगभग सहमति भए पनि अन्तिम निर्णय अझै बाँकी रहेको छ ।

आजै सम्झौता हुने बताइए पनि बालेन शाहको व्यस्तताका कारण सहमतिपत्र लाई अन्तिम रूप दिन नसकिएको पाइएको छ । केही दिनदेखि निरन्तर छलफल भइरहे पनि अन्तिम निष्कर्ष अझै टुंगिन बाँकी छ ।