ब्रिटिश कलेजले विद्यार्थीमाथि लुटपाट गरेको भन्दै अखिल (क्रान्तिकारी) बहुमतको कडा चेतावनी
काठमाडौं । नेपालका विद्यार्थीहरूको हक–अधिकारको लागि निरन्तर संघर्षरत अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित द ब्रिटिश कलेज अन्तर्गत सञ्चालन भइरहेका शैक्षिक लुटधन्दाविरुद्ध कडा चेतावनी जारी गरेको छ ।

संगठनले जनाएको छ कि, द ब्रिटिश कलेज ले अवैध कोर्स सञ्चालन, अत्यधिक शुल्क असुली, फरक कोर्स पढाउने र विद्यार्थीहरूलाई युएईमा अलपत्र पार्ने जस्ता गम्भीर विषयहरू सार्वजनिक भएका छन् ।
अखिल (क्रान्तिकारी)का नेतृ लक्ष्मी पाण्डे एक प्रेस वक्तव्य जारी गर्दै भनिन्, ‘विद्यार्थीहरूले समस्या समाधानका लागि आवाज उठाउँदा उल्टै धम्की र डर देखाइएको छ। यस्ता हर्कत विरुद्ध हाम्रो संगठन कडा प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ। पीडित विद्यार्थीहरूलाई न्याय दिलाउन र ब्रिटिश कलेजको लुटधन्दा विरुद्ध कडा कारबाही गर्न शिक्षा मन्त्रालय र सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं ।’
संगठनले स्पष्ट पारेको छ कि, ‘विद्यार्थीहरूको न्यायपूर्ण आवाजलाई बेवास्ता गरिए, शिक्षा क्षेत्रमा लुटधन्दा चलाउने ब्रिटिश कलेजलाई हाम्रो नेतृत्वमा कडा कारबाही अगाडि बढाइनेछ ।’
अखिल (क्रान्तिकारी)ले चेतावनीसहित विद्यार्थी अधिकार सुरक्षित गर्न संघर्ष जारी राख्ने बताएको छ ।
यस्तो छ वक्तव्य :


