क्यान महासंघले गर्यो डा.शैलेन्द्र गिरीलाई सम्मान
प्रकासित मिति : २०८२ पुस ८, मंगलवार ११:१०
प्रकासित समय : ११:१०
घोराही, कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले विज्ञान, शिक्षा, अनुसन्धान तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा योगदान पुर्याएको भन्दै डा. शैलेन्द्र गिरीलाई सम्मान गरेको छ ।

क्यान महासंघ नेपालको ३२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा क्यान महासंघ, दाङ शाखाका संस्थापक अध्यक्ष तथा क्यान महासंघका पूर्व केन्द्रीय समिति सदस्यसमेत रहनुभएका डा. गिरीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
उत्कृष्ट नेतृत्व क्षमता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक उत्कृष्टताप्रतिको आजीवन समर्पण र नेपालको आइसिटी क्षेत्रको विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै महासंघले उहाँलाई सम्मान गरेको जनाएको छ । डा. गिरी हाल राप्ती इञ्जिनियरिङ कलेजको अध्यक्ष हुनुहुन्छ ।

