नवलपुरका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ अधिकृत डिएसपी मधु नेपाल असइसँग विवाह गरेर बहुविवाह गरेको आरोपमा पक्राउ परेका छन्।

जेठी श्रीमती तारा खनाल नेपालको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरी कारबाही अघि बढाएको हो। पक्राउपछि डिएसपी मधु नेपाल तीन दिन थुनामा राखिने म्याद लिइएको छ।

साथै, कान्छी श्रीमतीविरुद्ध पनि जाहेरी दर्ता भएको जानकारी छ।