तोलामा ७ हजार १ सयले बढ्यो सुन
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ थियो।
भदौ ३० गते सुनको भाउ २ लाख १५ हजार रुपैयाँ प्रतितोला रहेको थियो। अर्थात, विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ ४३ हजार रुपैयाँले वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको छ। शुक्रबारको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। (एक औंस बराबर २.४३ तोला हुन्छ)
साथै, चाँदीको मूल्य पनि बढिरहेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगो भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ३,२७५ रुपैयाँ प्रतितोला रहेकोमा आज ३,३५० रुपैयाँ प्रतितोला पुगेको छ।