फोहोर होइन म माटो हुँ
प्रकासित मिति : २०८२ आश्विन २९, बुधबार २२:१२
प्रकासित समय : २२:१२
तिम्रो किचनमा मेरो हातको गन्ध छ,
माटोमा पसिनाको गन्ध मिसिएर अन्न उम्रन्छ।
ओ शहरका राजा, तिम्रो
जिन्दगी मेरो हातमा छ — म
फोहोर किसान, मजदुर, गन्हाउने छु!
हावा रिसाउँछ, बादल तुफान बन्छ,
बिजुली कराउँछ — म तिनकै हातमा जन्मेको!
पृथ्वी तात्छ, नदी उर्लिन्छ,
भन्छ तिमीहरू — “फोहोर होइनौ,
जीवनका स्रोत हौ।”
बालेन जस्ता मानिसहरू
कङ्क्रिटमा फूल खोज्छन्,
तर भूल गर्छन् —
फूल माटोबाटै फुल्छ,
माटो किसानको हातमा हुन्छ।
मजदुरको हथौडाले
शहर उठाएको छ,
तर उनीहरूलाई लखेटिन्छ,
जसरी हावाले धुलो लखेट्छ,
तर धुलो फर्केर आकाश ढाक्छ।
म भन्छु —
फोहोर होइन म, म माटो हुँ!
मजदुरको स्वेद, किसानको रगत,
यो पृथ्वीको सुगन्ध हो,
यो नै प्रकृतिको धुन हो।