अब देश चलाउने जिम्मा युवाहरुले लिनुपर्छ : युवा नेता संज्याल
कालिकोट, नेकपा एमाले निकट युवासंघका नेता सुशिल संज्यालले देश युवाहरुले चलाउनुपर्ने बताएका छन् । कालिकोटमा युवा अगुवा कार्यकर्ताहरुसंगको अन्तरक्रिया कार्यक्रममा नेता सज्यालले बताएका हुन ।
उनले भने जतिसुकै आन्दोलन गरेपनि मुलुक चलाउन विचार, सिद्धान्त, नेता, नेतृत्व र राजनीतिक पार्टी चाहिन्छ । यी सबैको अभिभावकत्व ग्रहण गर्ने राजनेता चाहिन्छ। राजनेताको अभावमा मुलुकले देशी विदेशी प्रतिक्रियावादीको हेपाई, पेलाई र अपहेलना समेत सहँदै र व्यहोर्दै आएको छ।
यस्तो बेला मुलुकले संकटपूर्ण घडीबाट सहज अवस्थामा आउनका लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ । संज्यालले भने यतिबेला मुलुकलाई बचाउन सम्पूर्ण राजनीतिक दलहरू संकीर्णता, जडता र यान्त्रिकताबाट अलग थलग रहेर पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको भविष्यका लागि सोच्ने बेला आएको छ।
आन्दोलन, विद्रोह, सङ्घर्ष र क्रान्तिमा नचाहँदा नचाहँदै पनि कमी कमजोरी हुन्छन्, तर यसपटक मुठ्ठीभरका मानिसहरूले गरेका कु कर्मका कारण निर्दोषहरूले पनि पीडा खम्नु पर्यो ।
अब देश बदल्न बहस बदलौ एकै स्वरमा समृद्ध देश सुखि नेपाल राजनितिक दल बिना अराजक भिडबाट सम्भावना छैन । नेकपा एमालेबाट निकाश दिनुपर्छ बहुसंख्यक जनताको आशा र भरोसाको धरोहर र एजेन्डा नेकपा एमाले हो । देशको नेतृत्व एमालले गर्ने जिकिर गरे ।