सम्झनामा बिष्णु बिनोदलाल (क.मोहित)

बर्षे ऋतुको विलयपछि श्रद ऋतुको आगमन हुन्छ । सबैलाई दशै र तिहार जस्ता ठूला पर्वहरूले छाई सकेको हुन्छ । असारे सक्रान्तिको शुरुवातसँगै मालिके पुर्णिमा (जनै पूर्णिमा) को आगमन हुन्छ र भनिन्छ यस बर्षका मेला पर्वहरूले विस्तारै विस्तारै पाइलाहरु टेक्न थाले अनि स्रोह श्रादको सुरुवातसँगै दशै र तिहारले पनि गाउँघरलाई विस्तारै विस्तारै ढाक्न थालि सकेको हुन्छ।

विशेषगरी नेपालीको महान पर्व दशै असोज महिनामा पर्ने भएकाले सबैजना दशैको तयारीमा लागि रहेका हुन्छन् तर किन हो मलाई असोज महिनाले मेरो विगत झल्काएको महसुस हुन्छ । अनि मेरो मस्तिष्कमा त्यही तस्बिर झल्किन्छ जो अग्लो जिउ, गोरो बर्ण, कैलो कपाल, नम्र बोली, एक निडर, शाहसी र सहयोगी योद्वा प्रिय साथि बिष्णु ९बिनोदलाल क। मोहित० उनले मलाइ गफगाफको क्रममा मेरो जन्मदिन बि।स। २०३६ साल असोज २२ गते भएको हो भनेका थिए ।

बि.स २०५१ सालको कक्षा ५ को परीक्षको नतिजाले त्यतिबेलाको श्री जनता प्रा. वि। रोकायगाउँको विद्यालयबाट म १ जना मात्र कक्षा ६ मा धकेलिए‌को खबर जव मैले सुने मेरो खुशिसँगै चुनौति र डरका चाङहरु मेरो दिमागमा सलबलाउन थाले किनकी त्यतिबेला हालको बारेकोट गाउँपालिका भित्रका अधिकांश विद्यालयबाट कक्षा ६ मा विद्यार्थीहरु श्री माध्यमिक विद्यालय लिम्सामा अध्ययन गर्न आउथे । आफ्नो गाउको विद्यालयमा आफ्नै गाउँका साथिहरूसँग विद्यालय लम्किरहेको ब्यक्ति अचानक त्यस क्षेत्रको त्यतिबेलाको एक मात्र माध्यमिक विद्यालयमा एक्लै जानुपर्दा कताकता मलाई असजिलो महसुस भई रहेको थियो तरपनि आफ्नो असजिलोलाई दबाएर म वि।स। २०५१ सालको सुरुवातीमा निम्न माध्यमिक तहको अध्ययनको लागि कक्षा ६ मा हालको बारेकोट गाउपालिकाभित्र रहेको श्री वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सामा भर्ना भए । बारेकोटका अधिकांश ठाउँबाट अध्ययनका लागि आएका विद्यार्थीहरूको माझमा मलाई कता कता असजिलो भइरहेको थियो तर आफूसँगै मेरो दिदीको छोरा प्रिय भाञ्ज (राम चन्द्र ज्योती) पनि सोही कक्षामा अध्ययन गर्ने भएकाले मलाई अलि केही राहात महसुस भएको थियो । मलाई थाहा छ श्री जनता प्राथमिक विद्यालय रोकायगाउँबाट म एकजना मात्र उतिर्ण भएर आएपनि धेरै विद्यालयबाट आएका धेरै जना विद्यार्थीहरुको माझमा मेरो पढाई मध्यम खालको थियो । साहेद उमेरमा पनि सबैभन्दा पछाडीको भएकाले होला मेरो दिमागले पढाइमा प्रतिस्पर्धा गर्नुपर्छ र सबैलाई जित्नुपर्छ भन्ने सोच्दैन्थ्यो तर पनि जेनतेन प्रतिस्पर्धी साथिहरुको सहारा लिएर म पनि उनिहरुको पछि पछि दौडिरहन्थे । मैले जाने अनुसार त्यतिबेला कक्षामा लाल बहादुर नेपाली माथि आगर, रत्न बहादुर नेपाली धौलाकोट, सुरेन्द्र बहादुर बस्नेत मैना, खिम बहादुर नेपाली लिम्सा, दल बहादुर रावत जिरी अलि तगरा विद्यार्थिको रुपमा गनिनु हुन्थ्यो त्यसैगरी बिष्णुजी पनि उहाँहरुलाई पढाईमा टक्कर दिरहनुहुन्थ्यो ।

बिष्णुजीमा किताबी ज्ञानको अलावा साहित्यीक ज्ञान पनि अद् भुत थियो । साहेद बिष्णुजिमा साहित्यिक ज्ञान भएकाले र म पनि साहित्यतिर त्यतिबेला देखि नै रुचि राख्ने भएकाले होला म बिष्णुजिसँग अत्यन्तै छिटो नजिक र घुलमिल भए । अग्लो जिऊ, गोरो बर्ण, कैलो कपाल, सधै हाँसिलो अनुहार एक निडर, सहयोगी र शाहसी व्यक्ति त्यतिबेला देखि नै क्रान्तीका भावहरू झल्कने सबै साथीहरूले उनलाई गोरे, कैलो, सेते भनेर जिस्काउथे तर मैले कहिल्यै उनलाई त्यसो भनिन मैले विष्णु जी भन्थे अनि उनले मलाई डिल्ली जी। चारभाईको कान्छो सन्तान भएकाले मेरो घरमा खासै तनाव थिएन मैले दुःखको अनुभुति गरेको थिन, संघर्ष भनेको के हो संघर्षको स पनि जानेको थिन तर म विष्णु जी सँग नजीकेदै जादा जीवन के हो जिवनमा संघर्ष गर्नु पर्छ परिश्रम गर्नुपर्छ परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा धेरै सिके बुझे । चार घण्टी पढेर हाफ टाइम हुदा सबै साथीहरु देवल चौरमा बल खेल्न जान्थे तर म र विष्णु प्राय स्कुल पछाडीको काफल ढुङ्गामा गएर गफगाफ गर्थिउ ।

मलाई याद छ त्यही ढुङ्गामा एकदिन मैले बिष्णुजीलाई ूमेरो सानो फुलबारीू शीर्षकमा कविता सुनाएको थिए पछि त्यहि कविता कक्षा ८ मा पढ्दै गर्दा मैले विद्यालयको कार्यक्रममा सुनाउदा प्रथम भएको थिए । उनले पनि मेरो देशू शीर्षकमा कविता सुनाएका थिए उक्त कविता पछि बिद्यालयको कार्यक्रममा सुनाउदा सिविल ड्रेसमा आएका प्रहरीहरु ससंकित भै उनलाई गिरफ्तार गर्न खोजेको तर सरहरुले गर्दा गिरफ्तार नगरेको मलाई राम्रोसँग याद छ । त्यतिबेला उनले सुनाएको कविता अत्यन्तै मार्मिक र देश भक्ति थियो, शोसन सामन्तको बिरुद्वमा थियो अन्याय अच्याचारको बिरुद्वमा थियो । बिष्णुले मेरो कविता सुनिसकेपछि कविता राम्रो छ है भनेका थिए साहेद मैले जानी नजानी कोरेका कविता राम्रो छ भन्ने उनि मेरो लागि पहिलो ब्यक्ति थिए । कविता लेख्नुपर्छ हामिले पढाईसँगै समाजका लागि केहि गर्नुपर्छ, आफ्नो जन्मभूमि र देशका लागि पनि केही गर्नुपर्छ त्यति सानै उमेरमा देश प्रेमि भावनाहरु उनको मुखबाट मेरो कानमा गुञ्जीरहेका शब्दहरु आजपनि मेरो दिमागमा ताजै छन् ।

भेट भएको एक बर्ष नपुग्दै विष्णु जी र म एक अर्कोमा अत्यन्तै मिल्ने साथी भइसकेका थियौ साहेद हामिहरुको रुचि साहित्यतिर पनि भएकाले होला हामीहरु जानी नजानी कविता, गीतहरु लेख्ने र कक्षामा साथिहरूले गिज्याउलान् भनेर हामीहरु एक्लै भेट भएको बेलामा एक अर्काका सिर्जनाहरु पढ्ने र सुन्ने सुनाउने गर्दथ्यौ । समय यसरीनै वितिरहेको थियो । कक्षा ६ को फाइनल परीक्षा पनि आयो । परीक्षा गरी सकेपछि रेजिल्ट आयो । कक्षामा प्रथम विष्णु भएछन् । म पनि जेनतेन टेन टपमा परिछु । विष्णु सँग एक्लै भेट्‌दा उनले, जिन्दगीमा भोगेका संघर्षका कथाहरु मलाई सुनाउने गर्थे म पनि एकुहोरो भएर सुनिरहन्थे ।

जव कक्षा ६ पास गरेर हामी कक्षा ७ मा भर्ना भयौ विष्णुसंगै मेरो जीन्दगीमा पनि संघर्षका चाङहरु थुप्रिन थाले । वि।स। २०५२ साल श्रावण २९ गते मेरो आमा यस धर्तीबाट विदा हुनुभयो त्यसपछि अचानक मेरो जीवनमा बाढी पहिरो आउन थाल्यो । मलाई ुआज पनि याद छ आमाको सुद्वारीपछि बरेकी बसेर सेतो कपडामा म जव लुरुलुरु विद्यालयको प्राङ्गनमा हिडिरहेको हुन्थे साथीहरु मलाई हेरेर हाँसीरहेका हुन्थे । टाउकोमा कपाल आएको थिएन, आँखामा आँखी भौहरु आएका थियनन् खुट्टामा जुत्ता चप्पल थिएनन्, शरीरमा सेतो कपडा बेरेको मलाई देखेर साथीहरू जिस्कीएको देख्दा कता कता मलाई रुन मन लाग्थ्यो । आँखामा आँसु बग्न थाल्थे । मेरो मलिन अनुहारलाई देखेर बिष्णुले भनेका कुरा मलाई आज पनि याद छ । संघर्ष यही नै हो साथी मानिसका जीवनमा यस्ता अनगन्ती घटनाहरु घट्छन् हामीले सहनुपर्छ । हामी सधै सही बाटोमा लाग्नुपर्छ अरुलाई कुभलो कहिल्यै गर्नुहुदैन अन्याय अत्याचारको विरुद्ध‌मा लड्नुपर्छ अनि हामी एक दिन अवस्य सफल हुन्छौ। अनि १र२ जना साथिलाई डिल्लीलाई किन जिस्क्याएको यो त सबैमा हुनेहो भनी गाली गरेको पनि मलाई याद छ।

साहेद मंसिरको महिना थियो १ दिन म विहानै आइतबारको दिन विद्यालयतिर आइरहेको थिए देउतीको थाननेर विष्णुलाई दाउराको डोको बोकेको। देखेर मैले सोधे दाउरा कहाँ लिन लागेको विष्णुले जवाफ दिए यही बेचेर आएको पैसाले कापी कलम किन्ने हो । म एक छिन टोलाए । साँच्चिकै विष्णुमा कति आँट छ है । मैले विष्णुलाई केहि जवाफ दिन सकिन । आमा बित्नु भयो, बुवा बुढो हुनुहुन्थ्यो, दाइभाउजुहरु छुट्टिनुभयो । अब मैले पनि विष्णु जस्तै केहि गर्नुपर्छ एकाएक मेरो मनमा पनि संघर्षका भावहरु पैदा भए । त्यसपछि मैले पनि गाउँबाट चल्ला भाले लिएर लिम्सा १०र५ रुपैयाँ फाइदा गरी बेच्न थाले त्यसपछि मलाई पनि कापी कलमको समस्या भएन । विष्णुले दाउरा बेचेर पढ्नको लागि जुटाएको खर्च र मैले भाले (चल्ला)  बेचेर पढ्‌नको लागि जुटाएको खर्च आज मलाई कता कता सपना जस्तै लाग्छ ।

समय यसरी विति रहेको थियो वि.स. २०५२ साल फागुन १ गते देखि देशमा जन युद्ध शुरु भयो । विष्णुलाई जनयुद्धले छोइसकेको रहेछ । यो युद्ध अन्याय र अत्याचारको विरुद्धमा हो । शोसण र दमणमा परेका व्यक्तिको मुक्तिको लागि हो हामी सबैले सहयोग र सपोट गर्नुपर्छ बिष्णुले भनेका यि देश प्रेमि भावनाहरु मेरो दिमागमा अझै ताजै छन् । जनयुद्व जिन्दाबाद भनेर कापीका पानाहरुमा लेखेका अक्षरहरु बिष्णुले मलाई देखाउदा मैलेपनि आफू हिड्ने बाटोका ढुङ्गाहरू‌मा खरीले जनयुद्ध जिन्दाबाद भन्दै लेख्न थाले । कापीका पानाहरूमा जनयुद्ध जिन्दाबाद भनेर कोर्न थाले । मैले खासै राजनिती बुझेको थिइन जनयुद्व बुझेको थिन तर पनि बिष्णुसँगको संगतले मलाई देश प्रति माया लाग्न थाल्यो जनयुद्व प्रति चासो बढ्न थाल्यो । तर पछि कसैले यस्तो लेख्नेलाई प्रहरीले पक्रिन्छन् विष्णुलाई पनि पक्रिन खोजेका थिए भन्ने सुनाएपछि मइले त्यस्तो लेख्न छाडे । जनयुद्व शुरु भयपछि फागुन चैत्रमा खासै राम्रोसँग पठनपाठन भएन म पनि बिद्यालय नियमित उपस्थित हुन सकिन । विष्णुबाट मैले धेरै कुराहरु सिक्न बाँकी थियो २ बर्षको प्रियडमा कहिलेपनि हामिहरुले एक आपसमा ख्याल ठट्टा र हाँसी मजा गरेनौ सधै सिरियस भएर कुरा गर्यौ । संघर्षका कथा व्यथाहरु आपसमा साटा साट ग‌र्यौ । सुखदु‌स्खका कुराहरु गर्यौ। समय सधै कहाँ एकनासको हुदो रहेछ र मलाई समस्याले चारैतिर घेर्न थाल्यो दुःखका दिनहरु बढ्दै गए । कक्षा ७ को फाइनल परीक्षा दिइसकेपछि रेजिल्ट आयो । विष्णुसँगै म पनि पास भएछु । तर घरयासी समस्याले गर्दा म बिष्णु सँगै कक्षा ८ मा भर्ना हुन सकिन । विष्णु बाट धेरै कुराहरु सिक्न बाँकि थियो । बाध्यतावस म स्कुल छाड्न बाध्य भए ।

करिब २ बर्ष सम्म बिष्णुजीसँग मेरो भेट कहिल्यै भएन देशका धेरै ठाउँहरूमा जन युद्धले छोइसकेको थियो । मइले पढाई छाडेको पनि दुई बर्ष भई सकेको थियो । वि।स। २०५५ साल भदौको पहिलो सातातिर होला म विशेष कामले घाट बजार तिर गएको थिए । साँझ छिप्पिदै थियो कसैले पछाडीबाट के छ हालखबर चिनिएन भनेको सुने आवाज चिनेजस्तो लाग्यो पछाडी फर्किय विष्णुजी रहेछन् उनीसँग अर्को एकजना साथी थिए । हामीले हात मिलायौ हामि छ, सातमा एकदमै मिल्ले साथि थियौ भन्दै अर्को साथिसँग बिष्णुले मलाई परिचय गराए । विष्णुले लिम्सामा पढ्दा प्रहरीले पक्रने संकेत पाएपछि म जुम्ला पढीरहेको अहिले १० कक्षामा पढ्‌दैछु यो कुरा यहाँ कसैलाई नभन्नु भने । मैले पनि घरयासी समस्याले गर्दा पढाई छाडेको कुरा बिष्णुलाई सुनाए । त्यसपछि बिष्णुले पनि पढाइ एकदमै ठूलो चिज हो पढ्यौ भने हामी ठूलो मान्छे बन्न सक्छौ । समाज बनाउन सक्छौ र देश बनाउन सक्छौ त्यसैले पढाई छाड्नु हुन्न साथी भोलीबाटै स्कुल गईहाल्नु यहाँ अफ्ठ्‌यारो छ भने मसँग, जुम्लामा जाउ त्यतै सुखदुःख गरी पढौला भनेको कुरा आज म सम्झिन्छु ।

करिव आधा घण्टा हामिले कुरा गर्यौ साँझ झमक्कै परिसकेको थियो त्यसपछि हामी विदा भयौ । म सरासर घर गए । मलाई खान मन लागेन । विस्तरामा गएर पल्टिए र विष्णुका कुरा हरु झलझल्ती सम्झिन थाले जीवनमा पढाइ एकदमै ठूलो हो ।  राति निद्रा लागेन विष्णुका कुराले मलाई फेरी स्कुल जान मन लाग्यो तर के गर्ने मसँग स्कुल भर्ना हुने र किताव किन्ने पैसा थिएन । एकछिन सोचे के गर्ने गर्ने ?

भाद्र महिनाको अन्तिम साता दिदी जाजरकोट खलंगाबाट घर आउनुभयो । साँझ परिसकेको थियो । दिदीले आफूले बोकेको झोला विसाउनुभयो । झोलाबाट एक सिट किताब निकाल्नु भयो किताबको बाहिर कक्षा ८ लेखेको थियो । दिदीले ल भोलिदेखी स्कुल जाने भन्नुभयो । मेरो खुशिको सिमा रहेन । मलाइ पुनर्जन्म भएको अनुभुति भयो । भोलीपल्ट बिहानै म विद्यालय गए विद्यालयमा कक्षा ८ मा भर्ना भइसकेपछि म नियमित विद्यालय जान थाले । विद्या लयमा अहिले विष्णु थिएनन् । ८ कक्षाको लाइनबाट म कक्षा १० को लाइन नियाल्थे कोही पुराना साथी कोही नयाँ तर त्यो लाइनमा विष्णु थिएनन् । म विद्यालय पछाडीको काफल ढुङ्गामा जान्थे विष्णुले भनेका कुराहरू सम्झन्थे उनले सुनाएका कविताहरु सम्झन्थे क्षण क्षणमा मेरो मन खिन्न हुन्थ्यो तर उनले सुनाएका जिन्दगीको भोगाई र संघर्षका कथाले फेरी म उत्साहित हुन्थे ।

मैले पहिलेभन्दा धेरै मिहिनेत गरेर पढ्न थाले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा पनि नजिकै आइरहेको थियो । मैले थप मिहिनेत गरेर पढ्न थाले कक्षा ८ को परीक्षा भयो रेजिल्ट पनि आयो म कक्षा प्रथम भएर ९ कक्षामा गए मेरो पढाई थप राम्रो हुदै जान थाल्यो विद्यालय तथा जिल्लामा भएका बिभिन्न साहित्यिक कार्यक्रमहरुमा मैले बिभिन्न स्थानहरु प्राप्त गर्दै गए । त्यसपछिका दिनहरुमा मलाई पढाईप्रति समस्या भएन कक्षा ९ मा स्कुल प्रथम भए कक्षा १० को टेस्टमा पनि प्रथम एस.एल.सी.मा पनि प्रथम भएर मैले सजिलै सँग पास गरे । बिष्णुको संगत‌ले जिवन के हो संघर्ष किन गर्नुपर्छ मैले धेरै बुझिसकेको थिए, धेरै सिकिसकेको थिए ।

समय वितिरहेको थियो । मेरो अध्ययन निरन्तर राम्रो हुदै गइरहेको थियो । उता विष्णुजी पनि प्रवेशिका परिक्षा उत्तीर्ण गरेर सुर्खेतमा अध्ययन गरीरहेको खवरले म अत्यन्तै हर्षित थिए । एस। एल।सी। पास गरिसकेपछि सुर्खेत जाने र बिष्णुसँग बसेर धेरै कुराहरु सिक्ने मैले योजना बनाई रहेको थिए । तर दुर्भाग्य बि। स। २०५६ साल फागुण मैनातिर म कक्षा ९ मा अध्ययन गरिरहेको बेला विद्यालयमा विष्णु विनोद क. मोहितलाई सुर्खेत प्रहरीले गोली हानेको कुरा सर‌हरूबाट सुने म छाँगाबाट खसेजस्तै भए। मैले भगवानसँग एउटै पुकार गरे हे भगवान प्रहरीको गोलीबाट बिष्णु घाइते मात्र हवस् । उ छिट्टै सन्चो भएको खवर सुनियोस् । तर मेरो पुकार भग‌वानले सुनेनन् एकैछिन पछि उनले साहदात प्राप्त गरेको खबर सुनियो । मलाई पढ्न मन लागेन मैले पछाडीका घण्टी छोडेर घर आय खान मन लागेन पढ्न मन लागेन तर मैले के नै गर्न सक्थे र ?

वास्तवमा विष्णु विनोदलाल क. मोहित एक निडर, शाहसी, बहु प्रतिभाशाली, सरल, अनुशासित कर्मशिल, न्यायप्रेमी, समाजसेवी र सहयोगी ब्यक्ति थिए उनी समाज गाउँघर र देशका गहनानै थिए । अझत बारेकोट र बारेकोटीका लागि एक अमूल्य हिरा थिए जुन हिरा यो देशले र बारेकोटले पाउला नापाउला तर विष्णु विनोद‌लाल क. मोहित लाई कहिले पनि पाउने छैन तर पनि हामीले उनको त्याग तपस्या र अठोटलाई कहिल्यै पनि बिर्सनु हुदैन हामिले कहिल्यै पनि भुल्नु हुदैन हाम्रो बारेकोटले भुल्नु हुदैन र यो देशले बिर्सनु हुदैन ।

हार्दिक श्रद्वाञ्जली ! प्रिय साथि बिष्णु । सहिद बिनोदलाल क. मोहित तिम्रो आत्माले सधै स्वर्गमा वास् पाइरहोस् ।

बारेकोट गाउँपालिका वडा नं २ जाजरकोट
हाल दाङ