किन हानियो मध्यरातमा आरजुको भाइको घरमा छापा ?

काठमाडौँ , आइतबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सभापति शेरबहादुर देउवाको साला तथा नेतृृ आरजु राणाका भाइ भूषण राणाको घरमा खानतलासी गर्यो। प्रहरी स्रोतका अनुसार राणाको घरबाट केही कागजात लगिएको छ।

राणा भने देश बाहिर रहेकाले पक्राउ परेनन्। सिआइवीले राणाको घरमा छापा हानेर कागजात लैजानुको पछाडि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई थप विस्तार गर्नु रहेको बुझिएको छ।

सिआइवीमा उक्त करणकोे अनुसन्धान गरिरहेका एआइजी मनोेज केसीको सरुवा भएपछि भुटानी प्रकरणको अनुसन्धान र अभियोजनलाई जतिसक्यो साँघुरो पारेर उच्च राजनीतिक र प्रशासनिक नेतृत्वलाई जोगाएको थियो।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले केसीलाई पुन सिआइवी प्रमुखको जिम्मेवारी दिएपछि थप अनुसन्धानका लागि राणाको घरमा खानतलासी गरिएको विश्वस्त स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो, ‘केसी प्रमुख हुँदा भुटानी प्रकरणको अनुसन्धान जुन रुपमा अघि बढेको थियोे। उनी हटेपछि विल्कुल फरक रुपमा अनुसन्धान लगियो र अभियोजन पनि त्यसैअनुसार गरियो। त्यसैलाई सच्याउन थप अनुसन्धानको सिलसिलामा छापा हानिएको हो।’