नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली क्रिकेट प्रेमीहरुका लागि आज खुसीको खबर छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।

सोमबार साँझ अनावरण गरिएको जर्सीमा केही नयाँ डिजाइन थपिएको छ। अब जर्सीमा गाढा निलो र रातो रङ प्रमुख रहेको छ। एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फ सूर्य अंकित छ।

जर्सीको बीच भागमा प्रमुख स्पोन्सर नासा सेक्युरिटिजको लोगो राखिएको छ भने तल्लो भागमा सगरमाथाको चित्र पनि समावेश छ। पुरानो जर्सीमा नेपालको नाम पहेंलो रङमा लेखिएको थियो, नयाँ जर्सीमा सेतो रङमा लेखिएको छ।

नेपाली टोली आजै बेलुकी वेस्ट इन्डिजसँगको ३ खेलको टी-२०आई शृंखला खेल्न यूएई प्रस्थान गरेको छ।