चितामा सुताइएकाे लास र औचित्य सकिएको संविधान उस्तै-उस्तै हुन् : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपालको वर्तमान संविधानलाई दलाल पूँजीवादी शक्तिको उत्पादन भएको आरोप लगाउँदै यसको औचित्य सकिएको टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने, ‘चितामा सुताइएकाे लास र औचित्य सकिएको संविधान उस्तै-उस्तै हुन् । दलाल पूँजीवादी संविधानलाई इतिहासको संग्रहालयमा राखौँ । वैज्ञानिक समाजवादी संविधान निर्माणको बाटोमा अघि बढौँ !’

उनले अहिलेको संविधानले जनताको हित र देशको विकास सुनिश्चित गर्न नसकेको भन्दै खारेज गरी नयाँ वैज्ञानिक समाजवादी संविधान निर्माणतर्फ अघि बढ्न सर्वसाधारणमा आह्वान गरे ।

बास्तोला अनुसार, संसदीय प्रणालीकै आधारमा बनेको यो संविधान दलाल पूँजीवादी वर्गलाई फाइदा पुर्याउने साधन मात्र भएको स्पष्ट भइसकेको छ । त्यसैले अब वैज्ञानिक समाजवादको मार्गदर्शनमा नयाँ संविधान निर्माण गर्नु अपरिहार्य भएको उनको भनाइ छ ।