एक लाख घुससहित डुंगेश्वरका लेखा अधिकृत अख्तियारको फन्दामा

सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार राति वीरेन्द्रनगरबाट रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी धर्म बुढाले कार्कीले सेवाग्राहीबाट उक्त रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको बताए ।

बुढाले भने, ‘एक लाख रकम सहित समाएको हो, बाँकी विवरण माथि केन्द्रीय कार्यालयले विज्ञप्ति निकाल्छ ।’
पक्राउ परेका कार्कीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।