जन्मदिनको अवसर पारेर १६ औँ पटक रक्तदान !
प्रकासित मिति : २०८२ भाद्र ३०, सोमबार १९:३९
प्रकासित समय : १९:३९
नेपालगञ्ज, बाँके आफ्नो जन्मदिनको अवसरमा कमान थापाले बिरामीको लागि रक्तदान गरेका छन् । जाजरकोट कुशे गाउँपालिका ५ का युवा कमान थापालेले सोमबार परेको जन्मदिनको अवसरमा १६ औँ पटक रक्तदान गरेका हुन् ।
नेपालगञ्ज रेडक्रसको कार्यालयमा पुगि रक्तदान गरेको बताएका छन् । आफ्नो रगतले कोहि कसैको जीवन बचोस भन्दै १६ औँ पटक रक्तदान गरेका थापाले जनाए । २०५४ साल भदौ ३० गते जन्मिएका थापा उनि बाल अधिकार कर्मी समेत हुन ।