जेन-जीको रेजाईमा : सुशीला कार्की, सरकारको नेतृत्व लिन तयार
प्रकासित मिति : २०८२ भाद्र २५, बुधबार १९:०२
प्रकासित समय : १९:०२
काठमाडौँ, अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन् । जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए ।
उनीहरूले यो निचोड निकाले पनि कार्कीसँग सवाद हुन सकेको छैन । तर पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो ।
‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेन-जी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जाऊँ ।’