नयाँ सरकार गठनका लागि छलफल र परामर्शमा जेनजी

नयाँ सरकार गठनका लागि जेनजी पुस्ताले छलफल र परामर्श अघि बढाएका छन्। समाजमा निष्पक्ष छवि भएको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनेबारे उनीहरुले भर्चुअल माध्यमबाट छलफल थालेका छ्न ।

नयाँ सरकारको नेतृत्वका लागि धेरैले पूर्वप्रधान्यायाधीश सुशीला कार्कीको प्रस्ताव गरेका छन् । यद्यपी यस विषयमा आधिकारिक निर्णय उनीहरुले सार्वजनिक गरेका छैनन् । जेनजीका प्रतिनिधिहरुबिच नै कस्तो व्यक्तिको नेतृत्वमा अघि बढ्ने भन्ने विषयमा एकमत भइनसकेको सैनिक स्रोत बताउँछ ।

नेपाली सेनाको समन्वयमा संवादका लागि पहल भइरहेको छ । सेनाले सैनिक मुख्यालयमा जेनजीको प्रतिनिधिसँग विभिन्न विकल्पमा छलफल गरिरहेको छ।