देशभित्रका सबै शक्तिसँगको समन्वय र सहकार्यबाट निकास खोज्नुपर्छ : उप्रेती

काठमाडौं । वरिष्ठ समाजसेवी एवम राजनीतिज्ञ शोभित उप्रेतीले परिवर्तित राजनीति अवस्थामा बढ्दो अन्योल चिर्न मुलुक भित्रकै शक्तिहरुसंग छलफल , समन्वय र सहकार्य आवश्यक रहेको बताएकाछन् ।

प्रधानसेनापति र जेनजीबिच वार्ता चलिरहेकाबेला आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली सेनाले मुलुकको संकट टार्ने विश्वास व्यक्त गरेकाछन् ।

उप्रेती भन्छन् – ” यो संकटवाट मुक्ति पाउन देश भित्रका सवै शक्तिसंग छलफल/समन्वयन र सहकार्य वाट उचित वाटो पहिल्याउनु पर्छ ।”

अव वन्ने सरकार देश भित्रका शक्तिले स्विकार्ने र वैदेशिक संवन्धलाई समन्वयन गर्न सक्ने हैसियतको भएन भने देश पुन: गम्भीर संकटमा पर्न सक्ने उनको भनाइ छ ।

नेपाली सेनाको कौशलताले पुर्खाको विरासत भावी संततिलाई सकुसल हस्तान्तरण हुने उनको विश्वास छ ।