गृहमन्त्री लेखकले दिए पदबाट राजीनामा
प्रकासित मिति : २०८२ भाद्र २३, सोमबार २३:५४
प्रकासित समय : २३:५४
काठमाडौं । सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्यधिक बल प्रयोगपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोही दिन प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरूले उनको राजीनामा मागेका थिए। विशेषगरी नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जालमार्फतै लेखकलाई राजीनामा दिन आह्वान गरेका थिए।
विश्लेषकहरूले कार्यकालभरी नै लेखक विभिन्न विवाद र काण्डमा मुछिदै आएको र यसले उनलाई सार्वजनिक र राजनीतिक रूपमा दबाबमा पारेको बताएका छन्।