कास्कीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौँ नेता कार्यकर्ता नेकपा (बहुमत) प्रवेश
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कास्कीले आयोजना गरेको विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएका दर्जनौँ नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको छ।
कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए भने अध्यक्षता एल.बि सुजनले गरेका थिए। कार्यक्रममा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रमुख अतिथि रहनुभएको थियो।
सो अवसरमा ४ नं. ब्युरो इञ्चार्ज गुणराज लोहनी, पोलिटब्युरो सदस्य तिलक, कम्युनिष्ट युवा संगठनका अध्यक्ष हरिश, पार्टी केन्द्रीय सदस्य नरेन्द्र चे लगायतका नेताहरू पनि उपस्थित थिए।
कार्यक्रममार्फत मात्रृका अधिकारी, रेशमराज पन्थी, बिमला तिवारी, जमुना लम्साल, छबि सुबेधि, सुरेश चन्द्र धिमिरे, दुर्गा आचार्य, देबराज ढकाल, मनोज गुरुङ, राजु सुनार, मिनादेवी नेपाली खत्री, सिता नेपाली, कमला नेपाली, राजकुमार तामाङ, टङक प्रसाद गौतम, कृष्ण ब. सुनार, चिरण जिबि अधिकारी र सुबास अधिकारी लगायतका कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्।
नेकपा (बहुमत) का महासचिव कञ्चनसहितका नेताहरूले नयाँ प्रवेश गरेका सबै कार्यकर्तालाई हार्दिक स्वागत गर्दै वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न दृढ संकल्पसहित संघर्षमा होमिनुपर्ने जोड दिएका थिए ।