नेपालगन्जमा अटो रिक्साबाटै पेस्तोल र गोली बरामद
प्रकासित मिति : २०८२ भाद्र १, आईतवार २१:३८
प्रकासित समय : २१:३८
नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र १६ वर्षीय राजन सोनकर रहेका छन्।
शनिबार राति नेपालगन्जको पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेको अटो रिक्सामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी पोस्ट बसपार्कका इन्चार्ज विष्णु शाहीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरेको हो।
बाँके प्रहरीका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।