अनेरास्ववियु कर्णाली प्रदेशले बनायो समानान्तर समिति, योगी संयोजक
प्रकासित मिति : २०८२ भाद्र १, आईतवार ०९:५२
प्रकासित समय : ०९:५२
काठमाडौं, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेशले समानान्तर समिति बनाएको छ । पछिल्लो कार्यविभाजनलाई लिएर विवाद बढेसंगै समानन्तर समिति गठन गरेको हो ।
गण्डकी प्रदेशपछि कर्णालीका नेताहरुले केन्द्रीय अध्यक्ष सुजन कडरियाको सर्कुलरलाई अस्वीकार गरिएका छन् । शनिबार कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो ।
यो बैठकले कडरियाको सर्कुलरलाई संगठनात्मक मर्यादामा नरहेको, आन्तरिक लोकतन्त्रविरुद्ध र कार्यकर्ताको आत्मसम्मानमाथि खुला आक्रमण भनेको छ ।
बैठकले कर्णाली प्रदेश संयोजकमा सञ्जय योगीलाई बनाउने निर्णय पनि गरेको छ । सर्कुलरमा भने संगठनका सचिव धर्म शाहीलाई संयोजक तोकिएको थियो ।