अखिल नेपाल खेलकुद महासंघ सुर्खेतको संयोजकमा गोमा आफ्रे

वीरेन्द्रनगर, सुर्खेत अखिल नेपाल खेलकुद महासंघ सुर्खेतको संयोजकमा गोमा आफ्रे चयन भएकी छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले गोमा आफ्रेको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

भेलाले सदस्यहरूमा हिमाल मल्ल, देव गाहा, भिम बहादुर बुढा, मान बहादुर नेपाली, चयन गरेको छ । त्यस्तै भेलाले शिवराज सोनी, शंकर बडुवाल, कुलवीर धौलाकोटी, दिपेन्द्र गौरेल, निलेस खड्का, चन्द्रा रोकाया,सुरेश चौधरी, करण एलजी, तपेन्द्र धमलालाई समेत जिल्ला समितिमा चयन गरेको छ ।

नव निर्वाचित संयोजक आफ्रेले खेल क्षेत्रको सुधारका लागि राज्यले सहि नीति लिनुपर्ने बताइन् । उनले भनिन् ‘खेलाडी र प्रशिक्षकको स्तरोन्नति गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्छ । ‘खेलाडी संगठित र एकताबद्ध हुँदा मात्र खेल क्षेत्रका माग पूरा गराउन राज्यलाई दबाब दिन सकिने उनको भनाइ छ ।’

समितिमा जिल्लाका सबै स्थानीय तहबाट विभिन्न विधाका खेलाडी समेटिएको बताइएको छ । त्यस्तै महासङ्घले स्थानीय तहमा पनि संगठनको संरचना विस्तार गर्ने योजना बनाएको छ।