महिला उद्यमी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शिला सचिवमा मनकुमारी
वीरेन्द्रनगर, सुर्खेत महिला उद्यमी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शिला विश्वकर्मा (नेपाली) जाजरकोट निर्वाचित भएकी छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको भेलाले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।
महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासंघको उपाध्यक्षमा मनिषा खड्का (सुर्खेत), सचिवमा मनकुमारी बोहरा (डोल्पा) र कोषाध्यक्षमा विर्माकुमारी थलाल (सुर्खेत) चयन भएका छन् ।
यस्तै सदस्यहरूमा गीताकुमारी खड्का बुढा (हुम्ला), वविता चनारा (जाजरकोट), गोमा रावल (जुम्ला), जीवी मगर (रूकुम पश्चिम) र मधु शाही (कालिकोट) चयन भएका छन् ।
निर्वाचित कर्णाली प्रदेश कार्यसमितिलाई केन्द्रीय अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको सपथ गराएकी थिइन् । कार्यक्रममा कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख देवीलाल सापकोटा, उद्योग प्रवर्दन महाशाखा प्रमुख खिमानन्द अर्याललगायतको उपस्थिति रहेको थियो ।