उत्तराखण्डको बाढीबाट सम्पर्कविहीन १३ नेपालीको जिवितै उद्धार
प्रकासित मिति : २०८२ श्रावण २४, शनिबार २१:५८
प्रकासित समय : २१:५८
काठमाडौँ । भारतको उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोपछि सम्पर्कविहीन रहेका १३ नेपाली नागरिकहरूको जिवितै उद्धार गरिएको छ।
भारतस्थित नेपाली दूतावासले हराइरहेका भनिएका १३ जना नेपालीको उद्धार भएको पुष्टि गरेको हो। उत्तराखण्डको स्थानीय प्रशासनले उपलब्ध गराइएको सूची दूतावासले शनिबार सार्वजनिक गरेको हो ।
दूतावासका अनुसार उद्धार गरिएका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याइएको छ।
यस्तो छ शुक्रबार १ र शनिबार उद्धार भएका १२ जनाको सूची :