धर्मेन्द्र बास्तोलाले भोलि पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भोलि मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

साउन ६ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न पार्टीले साउन २० गते अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्न लागेको हो।

पार्टीका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदीय व्यवस्थाको संकट, वैज्ञानिक समाजवादको दिशा, संगठन सुदृढीकरण र आगामी संघर्षका विषयमा गहन छलफल भएको छ।

पत्रकार सम्मेलन बिहान ११:३० बजे सुरु हुने छ। पार्टीले सम्पादक, संवाददाता र संचारकर्मीहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।

पछिल्लो समय संसदीय व्यवस्थालाई ‘दलाल पूँजीवादी संकटको मूल जरा’ भन्दै वैज्ञानिक समाजवादी विकल्प प्रस्तुत गर्दै आएको पार्टीले उक्त पत्रकार सम्मेलनलाई विशेष महत्त्व दिएको बताइएको छ ।