एनआरएनए मेरील्यान्ड शाखाको कोषाध्यक्ष पदमा कुमालको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरील्यान्ड शाखाको सम्मेलन तयारीको अन्तिम चरणमा छ । सम्मेलनबाट गैर आविसय नेपाली संघ(मेरिल्यान्ड शाखाको नयाँ नेतृत्वको चयन हुनेछ । यही क्रममा उम्मेदवारी दिने क्रम जारी छ ।
यहि क्रमलाई निरन्तरता दिदै मेरिल्यान्डमा रहेका गैर आवासीय नेपाली सुरेश कुमालले कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । यस्तो छ कुमालको उम्मेदवारीको कारण ।
कुमालले कुशे न्युजलाई जानकारी दिदै आफुले गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरील्यान्ड शाखाको लागि ”कोषाध्यक्ष ” पदमा उम्मेदवारी दिएको दावी गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरील्यान्ड शाखा अमेरिकाको मे १६ र १७ तारिखमा सम्पन्न हुने मेरिल्यान्डको अधिवेसनमा आफुले उक्त कोषाध्यक्ष पदमा घोषणा गरेको हुन् ।
उहा बताउनुहुन्छ मैले विगत धेरै वर्ष देखि एकल सामाजिक सेवाको यात्रामा आफूलाई समर्पित गर्दै आएको र चाहे त्यो आपतकालीन अवस्थामा सहयोग होस्, प्रवासी नेपालीहरूबीच एकता सुदृढ गर्ने काम होस्, वा हाम्रो पहिचान र हित संरक्षणको सवाल होस्—जहाँ जति सकिन्छ, उभिइरहेँ।एकल सेवा भन्दा संस्थागत संरचना मार्फत अझ प्रभावकारी ढङ्गले योगदान दिन सकिन्छ भन्ने हेतुले पछिल्लो केही वर्षमा झन प्रगाढ भएको सबैलाई अवगत नै छ । यही सोचका साथ,गैर आवासीय नेपाली संघ मेरिलेन्ड च्यापटरको कोषाध्यक्ष पदबाट सेवा गर्ने अवसर खोज्दै छु।
यस्ता छन् कुमालका दृष्टिकोण र प्रतिबद्धता
आर्थिक पारदर्शिता गैर आवासीय नेपाली संघको एक–एक रुपैयाँ समुदायकै हितमा प्रयोग होस् भन्ने मेरो प्राथमिकता रहनेछ। जवाफदेहिता कुनै पनि आर्थिक निर्णयमा स्पष्टता, समयमै विवरण प्रस्तुत गर्ने प्रणाली र सार्वजनिक जवाफदेहिता कायम राख्नेछु। साझेदारी र समावेशी नेतृत्वस् संस्थालाई सबै सदस्यको सहभागिता र सुझावको माध्यमबाट अघि बढाउनेछु।
नयाँ पुस्ता र महिला सहभागितास् युवा, महिला र पेशागत वर्गलाई संस्थासँग जोड्ने काममा विशेष प्राथमिकता दिनेछु। उहा बताउनुहुन्छ निर्वाचन अवसर केवल उम्मेदवार चयन गर्ने प्रक्रिया होइन, नेतृत्व, पारदर्शिता र सहभागिता चयन गर्ने ऐतिहासिक मौका पनि हो। एनआरएनएमा नयाँ सोच, इमानदार प्रतिबद्धता र संस्थालाई अझ सशक्त बनाउने यात्रामा तपाईंहरूको साथ आवश्यक छ। आर्थिक पारदर्शिताको सवालमा हिसाब किताब चुस्त र दुरुस्तको लागि बृहत गृहकार्य गरेको बताउनुभएको छ ।
आफु बिगत लामो समय देखि नै अमेरिकामा रहेको र नेपालीहरुलाई आपतकालीन अवस्थामा सहयोग गरेको,प्रवासी नेपालीहरूबीच एकता सुदृढ गर्ने काम गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरील्यान्ड शाखाका लागि कोषाध्यक्ष ” पदमा उम्मेदवारीको घोषणा गरेको भन्दै मेरिल्याण्डमा रहने नेपाली दाजुभाइ, दिदीबहिनी तथा अभिभावकज्यूहरूलाई मतदानमा सक्रिय सहभागिता जनाई सही उम्मेदवारीलाई समर्थन गर्नु हुन् अनुरोध गरेका छन् ।