नरेन्द्र ददेल नेतृत्वमा बाँके वाइसीएलको नयाँ कार्यसमिति चयन
प्रकासित मिति : २०८२ श्रावण ११, आईतवार ०७:४३
प्रकासित समय : ०७:४३
नेपालगञ्ज । योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्लामा नरेन्द्र ददेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।
हालै सम्पन्न सम्मेलनमा ददेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने अन्य पदाधिकारी र करिब ५० सदस्यीय कार्यसमितिका सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
जसको उपाध्यक्षमा कविता चौधरी, दीपक गिरी र शेर बहादुर खड्का चयन भएका छन्। सचिव पदमा विजय कुमार कुर्मी नियुक्त भएका छन् भने सह–सचिवमा कुमार श्रीस, दीपशिखा दाहाल र मोहम्मद हारुन अली जागा रहेका छन्। कोषाध्यक्षमा मारुफ शेष चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा अविसरा बिक (सपना), अजित यादव, अनन्त राम थारु, गगन भण्डारी, कविता शाही, निर्मला थारु, सोममाया घलान, समिर दार्जी, सलिम हलवाई र सैराज सलमानी लगायत छन्।