वाइसीएल जाजरकोटको इन्चार्जमा नवराज शाही
प्रकासित मिति : २०८२ श्रावण ८, बिहीबार १२:५४
प्रकासित समय : १२:५४
खलंगा , जाजरकोट योङ कम्युनिस्ट लिग (वाइसीएल)को जाजरकोटको इन्चार्जमा नवराज शाही चयन भएका छन् । वाइसीएल केन्द्रीय समितिको बैठकले शाहीलाई जाजरकोट जिल्लाको इन्चार्जको रूपमा चयन गरेको हो ।
वाइसीएलको सम्मेलन यता रिक्त रहेको इन्चार्ज पदमा केन्द्रीय समितिको बैठकले शाहीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको केन्द्रीय उपाध्यक्ष मनोज बिक मोहितले जानकारी दिए । उनले भने वाइसीएल जाजरकोटको इन्चार्ज शाहीलाई केन्द्रीय समितिले जिम्मेवारी दिएको छ ।
त्यस्तै इन्चार्जको जिम्मेवारी पाएपछि शाहीले जिल्लाको वाइसीएललाई जिल्लामा मजबुतका साथै नयाँ ढंगले युवाहरू परिचालन गर्ने बताए । उनले भने समग्र जाजरकोटी युवाहरुको हकहितको बिषयमा दिलो ज्यान दिएर लाग्नेछु ।
शाहीले केही समयअघि एमालेको युवासंघबाट माओवादीमा समाहित भएका हुन् ।