वाइसीएल सुर्खेतको इन्चार्जमा विक्रम कुमाल

विरेन्द्रनगर, सुर्खेत योङ कम्युनिस्ट लिग (वाइसीएल)को सुर्खेतको इन्चार्जमा विक्रम कुमाल चयन भएका छन् । वाइसीएल केन्द्रीय समितिको बैठकले कुमाललाई सुर्खेत जिल्लाको इन्चार्जको रूपमा चयन गरेको हो ।

वाइसीएलको सम्मेलन यता रिक्त रहेको इन्चार्ज पदमा केन्द्रीय समितिको बैठकले कुमाललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको केन्द्रीय सचिव बिकास वलीले जानकारी दिए । उनले भने वाइसीएल सुर्खेतको इन्चार्ज कुमाललाई केन्द्रीय समितिले जिम्मेवारी दिएको छ ।

त्यस्तै इन्चार्जको जिम्मेवारी पाएपछि कुमालले सुर्खेतको वाइसीएल मजबुतका साथै नयाँ ढंगले युवाहरूको बिकास गर्ने बताए । उनले भने समग्र सुर्खेती युवाहरुको हकहितमा आफू दिलो ज्यान दिएर लाग्नेछु ।

कुमाल यसअघि वाइसीएल सुर्खेतको अध्यक्ष थिए ।