अब क्यु आर कोडमार्फत पचालझरना हेर्न मिल्ने
कालीकोट । पचालझरनालाई संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले एक सय पर्यटकीय गतब्य मध्ये ६४ नम्बरमा सुचिकृत गरेको छ । मन्त्रालयले पचालझरनाको बारेमा सहज जानकारीका लागि सुचना प्रविधिमैत्री (QR Code) बनाई सुचिकृत गरेको हो ।
आर्थिक वर्ष २०८२/ २०८३मा अद्यावधिक पर्यटकिय स्थल मध्ये नेपालको ३८१ मिटर अग्लो पचालझरनालाई पर्यटन मन्त्रालयले प्रचार प्रसारका लागि सुचिकृत गरेको हो ।
पर्यटन बोर्ड नेपाल र युएनडिपीको सहकार्यमा पचाल झरनालाई प्रचार प्रसार गर्न सहज हुने गरी सुचना प्रविधिमैत्री (QR Code) बनाई पर्यटन बोर्डले पचालझरनालाई हस्तान्तरण गरेको छ । मन्त्रालयले प्रचार प्रसारका लागि सुचना प्रविधिमैत्री (QR Code) बनाई पर्यटन बोर्डमार्फत पालिकालाई हस्तान्तरण गरेको छ ।
पर्यटन बोर्ड नेपाल र युएनडिपीको सहकार्यमा पचाल झरनालाई प्रचार प्रसार गर्न सहज हुने गरी सुचना प्रविधिमैत्री (QR Code) बनाई पर्यटन बोर्डले पचालझरनालाई हस्तान्तरण गरेको सुचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतले बताए । उनका अनुसार पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम बबितालाई क्युआर कोड सहितको पचालझरना फोटो अंकित फ्रेम मंगलबार पर्यटन बोर्डका प्रतिक ढकालले हस्तान्तरण गरेका छन् ।