महिलाहरुको क्षामता वृद्धिकालागि ६ दिने कृषि तालिम
मान्मा, कालिकोटमा महिलाहरुलाई कृषि सिप तथा क्षामता अभिबृद्धिका लागि ६ दिने तालिम सम्पन्न भएको छ । कर्णाली महिला बिकास तथा समृद्ध नेपाल कालिकोटको आयोजनामा ९ वटै स्थानीय निकायका महिलाहरुलाई कृषि सिप तथा क्षामता अभिबृद्धिका लागि ६ दिने तालिम सम्पन्न भएको हो ।
खाडाचक्त नगरपालिका १ मा भएको उक्त तालिममा कृषि सम्बन्धी सिप तथा क्षामता अभिबृद्धी सम्बन्धी तालिम दिइएको संस्थाकी अध्यक्ष राज्यलक्ष्मी शाहीले बताउनु भयो । अध्यक्ष शाहीका अनुसार ६ दिने कृषि तथा बिउ बिजन तालिममा महिलाहरुलाइ बिउ बिजन तथा खेति व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो । तालिममा उत्पादन पछिको बजारीकरणको बारेमा पनि प्रशिक्षण गराइएको बताइएको छ ।
तालिममा प्रयोगत्माक विधिमार्फत् बिरुवा काटछाँट, छापो राख्ने तथा बिरुवामा लागेको रोग र किराको पहिचान गरी विषाधी साथै भिटामिन प्रयोग गर्न समेत सिकाइएको बताइएको छ ।
स्थानीय महिलाहरुको क्षामता बिकासका लागि बिभिन्न शिर्षकमा तालिम आयोजना गरिएको थियो । तालिममा जिल्लाका करिब २५ जना महिलाहरुको सहभागीता रहेको थियो । कर्णाली महिला बिकास तथा समृद्ध नेपाल कालिकोटले जिल्लामा समय समयमा यस्ता तालमिहरु आयोजना गर्दै आइरहेको बताइएको छ ।