चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श
काठमाडौं । चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् ।
फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदुत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वब्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् ।
कार्यक्रममा पूर्व राजदुत लम्सालले चीन विश्व शक्तिका रुपमा स्थापित भैसकेकाले दक्षिण एसिया, समग्र एसिया र सम्पूर्ण विश्व बुझ्न चीनको अध्ययन जरुरी रहेको बताए ।
पूर्व मन्त्री तामाङले पृथ्वीनारायण शाहको उपदेश र राजा महेन्द्रको नीति लिएर अघि बढे चीनले जस्तै हरेक क्षेत्रमा छलाङ मार्न सकिने विश्वास व्यक्त गरे ।
अध्यक्ष उप्रेतीले चिनियाँ पहलले परम्परा, सभ्यता, मर्यादित लोकतन्त्र र जनता- जनताबिचको सम्बन्ध समेटेकाले त्यसको अनुसरण सबैले गर्नुपर्ने धारणा राखे ।
चीनको यो अन्तर्राष्ट्रिय पहलले विश्वभरका विभिन्न सभ्यताहरुकाबिच सम्मान, सहयोग र सद्भाव बढाउने लक्ष्य राख्दछ ।