उपभोक्ताका लागि सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं ,चन्द्रपुर सुनचादी व्यवसायी संघद्वारा हालै सरकारले लागुगरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिहत भ्याट सम्वन्धि जानकारी गराउने उद्देश्यले उपभोक्ता सचेतना तथा संघ संगठनहरुसंग अन्तरक्रिया कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड, नेपाल पत्रकार महासंघ, चन्द्रपुर उद्योग वाणिज्य संघ,चन्द्रोदय बचत ऋण सहकारी संस्था, नवविकास बचत ऋण सहकारी संस्था, विन्दवासीनी बचत ऋण सहकारी संस्था, संकल्प बचत ऋण सहकारी संस्था, मुलघर बचत ऋण सहकारी संस्था, रेडिमेट तथा जुत्ता चप्पल कपडा व्यवसायी संघ,चन्द्रनिगाहपुर सिटी जेसिज ,निर्माण ब्यवसायि संघ रौतहट लगाएत बिभिन्न बस्तुगत संगठनको सहभागितामा आज चन्द्रनिगाहपुरमा एक दिबशीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सयुंक्त महासंघको प्रतिनिधित्वमा विगत जेष्ठ २७ गते देखि चरणबध्द रुपमा कार्यक्रम हुदै आएको छ भने असार १३ गते देखि देशभर पुर्णरुपमा सम्पुर्ण व्यवसाय बन्द गरी आन्दोलमा छन । आन्दोलनलाई थप प्रभावकारी वनाउन संयूक्त महासंघको आव्हान बमोजिम यहि असार २२ गते देखी २७ गते सम्म जारी निर्देशन बमोजिम आज चन्द्रनिगाहपुरमा उपभोक्ता सचेतना तथा संघ संगठनहरु संग अन्तरक्रिया कार्यक्रममा एक्यवद्धता जनाउन रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड,उद्योग वाणिज्य संघ र बिभिन्न बस्तुगत संगठनसंग आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरि राज्यबाट लगाउन खोजिएको कर तथा भ्याट फिर्ता गरि पुर्ववत रुपमा ब्यवसायी संचालन गर्न दिनुपर्छ भन्नी कार्यक्रममा सहभागी सबैको साँझा माग रहेको छ ।

सुन चाँदी ब्यवसायीहरुको अरबौ रुपैयाको लगानीको सुरक्षित र ब्यवसायीले वार्षिक रुपमा अर्व भन्दा पनि बढी सुनचादीले कर तिदै गर्दा राज्यले व्यवसायीलाई उच्च प्राथमिकतामा राख्नु पर्दछ भन्नी भनाई सहभागीले राख्नु भएको छ तिन लाख भन्दा बढीलाई रोजगार प्रदान गर्ने यो ब्यवसायिलाई सहज हुनको निम्ति राज्य नीति नियम बनाई दिएर अझै यसमा रोजगार बृृ्द्दि गर्दै लानुको सट्टा यो ब्यवसाय चल्न न सक्नी गरि दुई प्रतिशत बिलाशिता कर र १३ प्रतिशत भ्याट लगाएकोमा  कार्यक्रममा सहभागी सबैले आपति प्रकट गर्दै अभिलम्भ लगाएकोको कर तथा भ्याट फिर्ता लिनु पर्नी सबैको साझा भनाई रहेको छ ।

उपभोक्ता सचेतना तथा संघ संगठनहरु संग अन्तरक्रिया कार्यक्रममा रौतहटका सहकारी तथा उद्योग वाणिज्य संघ तथा बिभिन्न बस्तुगत संगठनको ऐक्यवद्धता समेत रहेको रौतहट बचत ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विभु पोखरेलले बताउनुभयो कार्यक्रममा चन्द्रपुर उद्योग वाणिज्य संघ चन्दनिगाहपुरका अध्यक्ष उदयनारायण सापकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुव्वा कार्की, रेडिमेट कपडा तथा जुत्ता चप्पल संघका अध्यक्ष रामसरण गौतम, चन्द्रोदय बचत तथा रिन सहकारी सस्थाका बसन्त आचार्य, नवविकास साकोसका अध्यक्ष राजु तिवारी, विन्दवासिनी साकोसका सचिव राजेन्द्र प्रशाद तिमिल्सेना,संकल्प साकोसका अध्यक्ष गणेश पौडेल, मुलघर साकोसका अध्यक्ष महेन्द्र चौलागाई चन्द्रनिगाहपुर सिटी जेसिजका अध्यक्ष जितेन्द्र रौनियार, चन्द्रपुर उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष वासुदेव अधिकारीले चन्द्रपुर सुनचाँदी व्यवसायी संघले आयोजना गरेको उपभोक्ता सचेतना तथा संघ संगठनहरु संग अन्तरक्रिया कार्यक्रममा सबैको एक्यबध्दता रहेको बताउनुभएको छ ।

विलासिता कर सम्वन्धि बिध्यमान नीतिगत व्यवस्था सम्वन्धि सचेतीकरण गरिएको सो कार्यक्रममा सहभागीहरुद्वारा राखिएका जिज्ञासाहरुलाई प्रलाद रामुदाम तथा नेपाल सुनचादी व्यवसायी महासंघका पदाधिकारी सदस्य प्रकाश गहतराज ज्यूले प्रस्ट्याउनु भएको थियो । चन्द्रपुर सुनचादी व्यवसायी संघका कार्यालय सचिव राजेश बिश्वकर्मावाट सहजीकरण गरिएको सो कार्यक्रमलाई यस संघका अध्यक्ष एवम नेपाल सुनचादी व्यवसायी महासंघ मधेश प्रदेशका प्रलाद रामुदाम ज्यूले समापन गर्नु भएको थियो । यस कार्यक्रम पश्चात सहभागीहरुले आफूहरुले दुई प्रतिशत विलासिता कर तथा १३ प्रतिशत पत्थर तथा बहुमुल्य धातुमा लगायएको भ्याटको विषयमा लगायत विविध बिषयमा प्रस्ट भएको जानकारी गराएका थिए ।