कुशेमा पहिरो खस्दा सुतिरहेका दुई दिदी–बहिनीको मृत्यु

खलंगा, जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका दिदी-बहिनीको भिरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा  र १४ वर्षीया चन्द्रा बुढा रहेको प्रहरीले जनाएको छ । घटना बिहिवार राति ९ बजेतिर भएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।