विदेशबाट फर्केर उद्यम गर्ने ढकाललाई सरकारले गर्‍यो सम्मान

सरकारले वैदेशिक रोजगारीबाट फर्केर नेपाल उद्यम गरी बसेका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई सम्मान गरेको छ । मङ्गलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्किएर व्यवसायमा संलग्नहरूलाई राष्ट्रिय समान तथा पुरस्कार प्रदान गरेको हो।

एक कार्यक्रमका बीच श्रम तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीले पुरस्कार वितरण गरेका हुन्। पुरस्कार वितरणका लागि देशभरिबाट आवेदन माग गरेकोमा ७२ जनाले आवेदन गरेका थिए ।  विभिन्न छनोटहरू प्रक्रिया पूरा गर्दै कर्णालीबाट एकजना उद्यमीले उक्त पुरस्कार प्राप्त गर्न सफल गरेका हुन्।

सुर्खेतमा सञ्चालित देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टर प्रालीका सञ्चालक लक्ष्मीप्रसाद ढकालले उक्त पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशि नगद रु ७५००० र सम्मानपत्र खादासहित सम्मान गरिएको हो  ।