बाँकेको जानकीमा वाइसीएलको बृहत धान रोपाइ
नेपालगन्ज, बाँके योङ कम्युनिस्ट लिग नेपाल बाँकेले जानकी गाउँपालिकामा धान रोपाइ गरेको छ । २२ औँ धान दिवसको अवसर पारेर वाइसीएल बाँकेले जानकी गाउँपालिका वडा नं २ साहु पुरूवामा धान रोपाइ गरेको हो ।
२२ औ राष्ट्रिय धन दिवस तथा दही चिउरा खाने अवसरमा वाइसीएल बाँकेले श्रमदान गरेको वाइसीएल बाँकेका पुर्व इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य किस्मत अलिशेष जितले बताए ।
उनका अनुसार अषाढ १५ को उपलक्ष्यमा योङ कम्युनिष्ट लिग नेपाल र नेकपा माओवादी केन्द्र जानकी गाउपालिका समितिद्वारा भब्य रूपमा धन रोपाइ कार्यक्रम सम्पन्न गरियो ।
ठजानकी गा,पा वडा नं २ साहू पुरुवामा भएको रोपाइमा वाइसीएल तथा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।
बाँके जिल्ला निवर्तमान इन्चार्ज किस्मत अलि शेष ९जीत०, जानकी गाउपालिका पार्टी अध्यक्ष प्रकाश दर्नाल, वाइसीएल नेपालका बाँकेका निवर्तमान अध्यक्ष नरेन्द्र दादेल, साथै जानकी गाउपालिका पार्टीका पदाधिकारी टिम सहित वाइसीएल नेपालका नेता कर्याकर्ता हरुको उपस्तिथि रहेको थियोे ।