सदस्य ज्यूहरुको निराशालाई आशामा बदल्ने प्रयासमा दत्तचित्त भएर लागिपरेका छौ

बसन्त आचार्य रौतहट जिल्लाको साविकको सन्तपुर गाबिस वडा न-६ बनबहुअरीमा २०३१ बैशाख १५ गते आइतबार जन्मिएका आचार्य, लामो समयदेखि चन्द्रपुर-६ मा बसेर समाजसेवा, सहकारी र शैक्षिक क्षेत्रमा सक्रिय छन । हाल चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, चन्द्रपुर एकेडेमीको अध्यक्ष,रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको सचिव, रेडक्रस चन्द्रपुरको कार्यसमिति सदस्य र आकस्मिक रक्तसञ्चार समूहको संयोजकको रूपमा काम गरिरहेका उनि चन्द्रपुर क्षेत्रका उदाउदा समाजसेवी हुन् । अस्पतालमा दिन होस चाहे मध्यरातमा पनि ब्लडको लागि कल आएमा अल्छी नमानी सो ब्लड उपलब्ध गराउदै आएका उनि सहयोगी भावनाका छन् । उनको नेतृत्वमा बिभिन्न जिल्लाहरुमा स्थानीय रेडक्रससँग समन्वय गरेर ब्लड डोनिशनका काम गरिरहेका छन् । उनले सांस्कृतिक संघ रौतहटको जिल्ला अध्यक्ष भएर एक कार्याकाल चलाईसकेका छन । सामाजिक सेवा साथसाथै उनि कार्यक्रम प्रस्तोतामा पनि रुचि राख्छन् । उनै बसन्त आचार्यसंग हाम्रा सहकर्मी आर के कुमालले गरेको अन्तरंग कुराकानी ।

१) चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाको पृष्ठभुमि बताइदिनुस ?

आज भन्दा १७ वर्ष अघि साविकको तिन वटा गाविसहरु चन्द्रनिगाहपुर सन्तपुर र डुमरिया भित्र समान उद्देश्य भएका समस्याहरुको आर्थिक तथा सामाजिक क्रियाकलापलाई उच्च उन्नति तर्फ लैजान यसको उदय भएको हो । कोही कसै प्रति पर निर्भर नभइ छरिएर रहेका पूँजीलाई बचतको माध्यमबाट एकीकृत गरी वित्तिय आवश्यकता पुरा गर्नको साथै सामाजिक क्रियाकलाप द्वारा समाज उत्थानमा सह‌योग पुरयाउने उद्देश्यले २०६५/११/१५ विधीवत रुपमा चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडको जन्ममा भएको हो ।

२) चन्द्रोदय साकोसको विद्यमान शेयर पुजि कति छ ?

३५ जना शेयर सदस्यबाट सुरु गरिएको यसको कुल लागत रु. १७५०००।- एकलाख पचहतर हजारको सेयर पुँजीबाट सुरुवात गरेकोमा हालसम्म आउँदा यसको सेयर पुँजी २ करोड २ लाखमा हिडेको छ ।

३) चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाको अवस्था के छ ?

एकत आफ्नो चिजलाई नराम्रो भन्न मिल्दैन तर पनि यसको अवस्था संतोषजनक विशेषत अहिलेको परिवेशमा सहकारीहरुमा समस्या भनेको ऋण असुलीमा सदस्यहरुले सहकारीलाई पहिलो प्राथमिकतामा नराख्दा प्राय समस्या देखिएका छन ! तर हाम्रोमा पनि सामान्य समस्या त हुन्छ नै तर भयावह समस्या छैन र सानातिना समस्याहरुलाई हल गर्दै जाने प्रयासमा छौ ।

४) पदाधिकारि र कर्मचारीहरूले अहिले के गरिरहनु भएको छ ?

संचालक समितिका साथीहरूले आ९आफ्नो जिम्मेवारी लाई कुशलतापुर्वक भुमिका निभाइ रहनु  भएको छ । आफ्नो व्यावसायिक जीवन तथा सामाजिक जीवनको अति ब्यस्ताका बाबजुद पनि संस्थाको लागि परेको बेला आवश्यकता अनुसार जिम्मेवारी बहन गरिरहनु भएको छ भने कर्मचारी साथीहरूले पनि सदस्यहरुलाई छिटो छरितो प्रविधियुक्त तरिकाले सेवा दिनै रहनु भएको छ । वहाँहरुमा लामो समय देखिको सहकारी अनुभव दक्षता प्रयाप्त मात्रमा भएको हुँदा सवै कर्मचारी आफैमा दक्ष र सक्षम हुनुहुन्छ ।

५) दैनिक मासीक बचत कति छ। त्यो बचत तथा ऋण कसरी परिचालन भएको छ ?

हाम्रा ३५ सय सदस्यहरु र ७ सय बाल सदस्यहरु हुनुहुन्छ भने ३५ सय सदस्यहरुमा अहिले हामी १५ सय सदस्यहरुसँग मासिक बचत गर्न सकेका छौँ भने ७ सय बाल सदस्यको हकमा बाल बचत खुत्रुके योजना अन्तर्गत सबैलाई खुत्रुके दिएका छौँ र वहाँहरुको घरमा ३९३ महिनामा हाम्रा कर्मचारीहरु पुगि बचत संकलन गर्नुहुन्छ र ५०५ बाल सदस्यहरुको अभिभावकहरुले संस्थाको कार्यलयमै खुत्रुके ल्याएर रकम जम्मा गर्नुहुन्छ र सबै बाल सदस्यको जन्मदिनमा संस्थाको तर्फबाट निशुल्क केक दिने समेत गरेका छौ ।

६) काम गर्न कति सहज छ ?

समस्या त हरेक क्षेत्रमा छदैछ तरपनी समस्यालाई संघर्षको रुपमा लिदै काम गरिरहेका छौ ।

७) यहाँका मुख्य चुनौतीहरू के के हुन ?

चुनौतीहरु त धेरै छन । अहिले चारैतिरबाट चुनौतीका घेराहरुले बेरिएको अवस्था छ । राज्यबाट आएको अध्यादेशले पनि बर्षौ देखी सहकारीमा समर्पित भएका सहकारी प्रेमीहरुमा केही मात्रमा निराशपन ल्याएको छ भने उक्त कानुन मार्फत मुख्य उदेश्य बचतकर्ताको रकम सुरक्षीत रहोस् र सजिलै प्राप्त गर्न सकुन भन्ने नै हो जस्तो लाग्छ तर बचतकर्तामा लगानी गरेको रकम फिर्ता नगर्दा त्यसको सजाय संचालक वा कर्मचारीले भोग्नुपर्ने तथा केहि तत्वले सहकारीप्रतीको नकारात्मक भ्रम फैलाउदाका ती चुनौतीहरुको सामना गर्दै अहिले सदस्यहरु सँग सल्लाह समन्वय गरि सहकारीलाई थिर अवस्थामा राख्ने प्रयासमा छौ ।

८) चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडले समाजिक उतरादायित्व अन्तरगर्त सामाजिक कामहरु के के गर्दै आइरहेको छ ?

संस्थाको नीति विधि भित्र रहेर सक्रिय रहने सदस्यहरुलाई विभिन्न विधामा पुरस्कार र सम्मान गर्न कार्यलाई निरन्तरता दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थाका सदस्यहरु दिवगत भएको अवस्थामा एकाघर परिवारलाई संस्थाको तर्फबाट परिवार जनमा दिवगंत भएकोमा सम्बेदना प्रकट गर्ने कार्यलाई निरन्तरता दियएको छौ । संस्थाले सामाजिक सुरक्षाका नविनतम कामहरुको माध्यमवाट समाजमा छुटै पहिचान र छवि बनाएको छ । सदस्यहरुलाई बितिय र गैर वितिय सेवाका माध्यमबाट उनिहरुको आर्थिका, समाजिक र सांस्कृक्तिक विकासमा टेवा पुर्याउने हुने आफ्‌ना सेवा तथा कार्यक्रमहरुलाई मधेश प्रदेश स्तरमा आफ्‌नो अलग अस्तित्व र साख स्थापित गर्न सफल भएको छ ।

९) सेयर सदस्यहरुको मन जित्न अर्थात सेवाप्रवाह गर्दी कस्ता कस्ता उल्झनहरू झेल्नु परेको छ ?

हाम्रो मुख्य उदेश्य भनेको हाम्रा सदस्यहरुले आफ्नो संस्थाप्रती गर्ब गर्न सक्नुपर्छ भन्ने हो र सो को लागी सदस्यहरुलाई हरेक क्षेत्रबाट सेवा दिन सक्नुपर्छ , उहाँहरुको हरेक सुखदुःख  बुझ्न सक्नुपर्छ र हामी प्रयासरत पनि छौँ । उमेर अनुसार तथा महिला पुरुष दुबैको लागी विभिन्न कार्यक्रमहरु बेलाबेलामा आयोजना गर्दै आएका छौँ र तापनी विशेष गरे्र ऋणकै लागी संस्थाको सेयर सदस्य बनेको होकि भन्ने कोहिकोहिले संकेत दिलाउनु हुन्छ र ऋण रकमको सवालमा संस्थाको नीति बिधिलाई मात्र हैन कि केही ५ ब्यबहारिक पक्षहरु पनि हेर्ने गरेका छौ र पनि उहाँहरुबाट यो संस्थाको मात्र यति कडा नियम अरु संस्थामानी यति नै बचत रकम हुँदा मजाले दिन्छ त भनेर घुर्की सुन्नुपर्छ कहिलेकाही तर पनि हामी उहाँहरुलाई सम्झाइ बुझाइ चित्त बुझाउने प्रयासमा छौँ । साथै बचत रकममा समेत ब्याजदरमा कम भयो यो संस्थामा मात्र भन्ने कुरापनी आउँछ र अब यो हाम्रो लागी सामान्य जस्तै छ । सदस्यहरुको निराशालाई आसमा बदल्ने प्रयासमा दत्तचित्त भएर लागिपरेका छौ ।

१०) तपाईंको खास सपना के हो ?

खास सपना भनेको हाम्रा सदस्यहरु सवै आत्मनिर्भर हुनुपर्छ । संस्थाले वहाँहरुको जीवनस्तरलाई उकास्न कुटिर उद्योग,घरेलु उद्योग,सानातिना कलकारखाना देखी कृषि, पशुपालन आदिमा लगानी गरि उहाँहरुको आर्थिक वृद्धि पनि होस प्रथमतः र दोस्रोमा सो आम्दानीबाट लगानी रकमको सावाँ ब्याज समय समयमै बुझाएर असल सदस्य भनेर यो समाजले चिनोस साथै आफ्ना सदस्यहरु मात्र आत्मनिर्भर हुनु मात्र सपना पुरा हुदैन हाम्रो नगरकै बासिन्दा हरेक चिजमा आत्मनिर्भर भएको हेर्न चाहना छ र यसमा सहकारीको भुमिका त छदैछ अझ सरोकारवाला स्थानीय सरकारले समेत आफ्ना नगरवासी तथा वडावासीहरुको लागी जनप्रतिनिधिहरुले शिक्षा स्वास्थ्य,कृषिमा बढी ध्यान दिने हो भने टोल गाउँ नगर सक्षम हुन समय धेरै लाग्दैन र सो सक्षमता हासिल गरेको सपना बुन्दैछु र आशा छ सो सपना पूरा हुनेछ भन्नेमा ।

११) अन्तमा केही भन्नु छ ?

मेरा मनमा उब्जिएका कुराहरूलाई मेरा शुभचिन्तक लगायत सबैमा ल्याइदिनुहुने यहाँ सहित यहाँको सञ्चार माध्यमलाई विशेष धन्यवाद ।