होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली

सुर्खेत, होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा प्रतिभा वली सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न संघको अधिवेशनले वलीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संघको सातौँ साधारणसभाबाट माया थकाली रेस्टुरेन्ट क्याफेकी सञ्चालक ओलीको नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन कार्की, प्रथम उपाध्यक्षमा धन बहादुर खड्का, द्वितीय उपाध्यक्षमा हंस बहादुर खडका, महासचिवमा नन्दराम उपाध्याय, सचिवमा जग बहादुर बोहरा र कोषाध्यक्षमा सविता ढकाल सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष वलीले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यमा रबि पुरी, शंकर भटराई, प्रेम कार्की खगेन्द्र अधिकारी लगायत चयन भएका छन् ।