पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (फोटो फिचर)
काठमाडौँ । सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन् । आगामी आर्थिक वर्ष २०८२र८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
⇒आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर लगाइएको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन्।
⇒प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित गरे पनि माग पूरा नभएपछि व्यवसायीले देशभरका सुनचाँदी पसल बन्द गरे।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि विनियोजन विधेयक पास हुँदा आफूहरूको माग सम्बोधन नगरेकाले पुनः आन्दोलित हुनुपरेको व्यवसायीको भनाइ छ । बजेटलगत्तै सुनचाँदी व्यवसायीले आन्दोलन थालेकामा प्रधानमन्त्रीको आश्वासनपछि केही दिन आन्दोलन रोकेका थिए ।
तर माग सम्बोधन नगरेको भन्दै शुक्रबार व्यवसायीले विरोधमा शुक्रबार देशभरको सुनचाँदी व्यवसाय बन्द गरेका छन् । यस्तै मधेश प्रदेशको रौतहटमा विरोध र्याली निकाल्ने पूर्वघोषणा अनुसार शुक्रबार गौर सदरमुकामको बसपार्क देखि जिल्ला प्रशासन कार्यालय सम्म व्यवसायीले बृहद र्याली निकालेका हुन् ।
उनीहरूले सरकारले जायज माग सम्बोधन नगरेमा साउन १ गते देखि देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिइसकेका छन् ।
फोटोफिचर सहित ।