डोल्पामा महिला उद्यमी महासंघ नेपाल गठन : अध्यक्षमा बोहरा

दुनै, महिला उद्यमी महासंघ नेपाल डोल्पा गठन भएको छ । मन कुमारी बोहोराको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। मंगलबार सदरमुकाम दुनै बजारमा महिला उधमी महासंघ नेपाल केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, केन्द्रीय उपाध्यक्ष बसन्ती प्रधानले डोल्पा जिल्ला कार्यसमिति घोषणा गरेका हुन ।

केही बर्ष पहिले तदर्थ समितिको रुपमा गठन गरिएको महिला उधमी महासंघ नेपाल डोल्पा जिल्ला कार्यसमितिलाई केन्द्रीय पदाधिकारीले डोल्पामै पुगर आधिकारिक रुपमा घोषणा गरेका हुन । महिला उधमी महासंघ नेपाल डोल्पाको अध्यक्षमा मन कुमारी बोहोरा, उपाध्यक्षमा पुर्णिमा बुढा, महासचिवमा कमला बुढा, सचिवमा जय बोहोरा, कोषाध्यक्षमा सिद्वकुमारी सार्की, सदस्यहरुमा करुणा हमाल, नौरती बोहोरा, बिष्णु शाही, लक्ष्मी बोहोरा, नन्दा बिश्वकर्मा, राधिका बुढा गरि ११ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो।केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली द्वारा डोल्पा जिल्ला नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथग्रन गरेका छन।

नयाँ कार्यसमितिलाई उधमशिलताको शुभकामना दिदै संस्था दर्ता गर्दा र संस्थाको लागि कानुनी सल्लाह सहित जिल्ला प्रशासनको तर्फबाट सहजीकरण गरिदिने प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए। सबैभन्दा पहिला महिलाहरु व्यवसायीक उधमी भएर तनमनका साथ काम गर्न पनि प्रजिअ महतले आग्रह गरेका छन।

बिशेषगरी महिला उधमीहरुले उत्पादन गरेका बस्तु तथा सामानको बजारीकरणको लागि महासंघले पुर्णरुपमा सहयोग गर्ने महिला उधमी महासंघ नेपाल केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले बताएकी छिन। डोल्पा आफैमा हिरा भएको हुदा यहाँ उत्पादित अर्गानिक बस्तुलाई ग्रेडिङ, प्याकेजिङ र उत्पादित बस्तुको महत्त्व बारे बुझाउन र प्रचारप्रसार गर्न सक्यौं भने उधमीहरुलाई भरपुर आम्दानी हुने बिश्वास रहेको अध्यक्ष ज्ञवालीले बताइन् । महासंघले महिला उधमीहरुको हकहितमा नीति नियम बनाउन र विभिन्न क्रियाकलाप संचालन गर्न सरकारलाई घचघच्याउने काम पनि गर्ने उनले बताएकी छिन।

यस्तै चिनिया राजदुतावासको सहयोगमा महिला उधमी महासंघ नेपाल डोल्पाका पदाधिकारी र स्थानीय उधमी महिलाहरुलाइ एक दिने उधमशिलता बारे तालिम दिइएको छ। तालिममा हाम्रो गाउँठाउमा उत्पादित बस्तुलाई कसरी बजारीकरण गर्न सकिन्छ लगाएतका विषयमा प्रशिक्षण दिइएको महासंघ डोल्पाले जनाएको छ।