ललितपुरका किसानको समस्या समाधान गर्न नेकपा बहुमतको ५ बुँदे मागपत्र
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले किसानहरूको समस्यालाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई पाँच बुँदे मागपत्र बुझाएको छ।
पार्टीले किसानका उत्पादनहरू उचित मूल्य नपाएर सडकमा फालिने र खेतमै कुहिने समस्यालाई गम्भीर समस्या मान्दै तत्काल समाधान गर्नुपर्ने जोड दिएको छ।
ज्ञापनपत्रमा राखिएका मागहरूमा राज्यले स्वदेशी कृषि उत्पादन न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था लागू गर्ने, बाहिरबाट आउने दैनिक उपभोग्य वस्तुहरूमा अनिवार्य विषादी परीक्षण गरिने, विषादीयुक्त उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउने, बजार अनुगमन कडाइका साथ गर्ने र किसानलाई विषादीरहित खेती प्रोत्साहन गर्न सहुलियत र अनुदान दिने व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।
नेकपा (बहुमत) का महानगर सेक्रेटरी विष्णु महर्जनले स्थानीय सरकार कृषकका उत्पादन संरक्षणमा विफल भएको भन्दै, “किसानको पसिना कुहिन नदिन र उपभोक्ताको स्वास्थ्य सुनिश्चित गर्न तत्काल कदम चालिनुपर्छ,” भनेका छन्।
पार्टीले यी मागहरू कार्यान्वयन नहुँदा थप जनदबाब सिर्जना गर्ने चेतावनी पनि दिएको छ।
यस्तो छ ज्ञापनपत्र :